शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किसानलाई पेन्सनको व्यवस्था गरिन्छ : मन्त्री गजुरेल

सोमबार, ०६ वैशाख २०७३, १२ : ३०
सोमबार, ०६ वैशाख २०७३
गोरखा - कृषि मन्त्री हरिबोल गजुरेलले युवालाई विदेश पलायन हुनबाट रोक्न कृषि उपज उत्पादनमा प्रोत्साहन गरिने बताएका छन्  । किसानलाई बिनाधितो ऋण र अनुदानको व्यवस्था गरिने बताउँदै उहाँले कृषिको विकास भएमात्रै देशमा आर्थिक समृद्धि आउने बताए । ‘जमिन बाँझो राख्न पाइँदैन’ गोरखामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गजुरेलले भने – “सरकारले सिफारिस गरेअनुसारको बाली लगाउने किसानलाई पेन्सन पनि दिन्छौँ ।” उनले कृषि पेसालाई मर्यादित, सम्मानित बनाउन पाँच वर्षे, १० वर्षे र १५ वर्षे कार्यक्रम ल्याउने र त्यसअनुसार किसानलाई अनुदान दिने बताए । “मजदुरको अभाव रोक्न किसानलाई पेन्सनको व्यवस्था गर्न लागेका हौँ”, मन्त्री गजुरेलले भने – “पेन्सन दिन सुरु गरेपछि युवा विदेश पलायन हुन छाड्छन् । मजदुरको पनि अभाव हुँदैन ।” किसानलाई पेन्सन दिने कुरा हल्ला नभएको भन्दै उनले छिट्टै पेन्सनको व्यवस्था गरिने दाबी गरे। “लालपुर्जा धितो राखेर होइन, परियोजना धितो राखेर ऋण दिन्छौँ”, मन्त्री गजुरेलले भने– “थोरै पुँजी खर्च गरेर कृषिमा व्यावसायिकता ल्याउनुपर्ने बाध्यता छ ।” किसानलाई तालिमको व्यवस्था मन्त्रालयले गर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप