टोकन प्रणाली नहुँदा सेवाग्राहीले भोग्ने समस्या बैंकहरुले कहिले बुझ्ने ?
काठमाडौं –बार्षिक रुपमा अर्बौंको नाफा कमाउने संस्थाका रुपमा परिचित राष्ट्रियस्तरका बैंकहरुमा सेवाग्राहीहरुले भने निकै समस्या भोग्ने गरेको पाइएको छ । विशेषगरी रकम जम्मा गर्न वा झिक्न जाने सेवाग्राहीले चलेका बैंकहरुमा नै विभिन्नखाले समस्या भोग्ने गरेको पाइएको हो । टोकनको व्यवस्था नहुनु, लाइन बस्ने ठाउँ नहुनु, वृद्ध, अपाङ्ग तथा गर्भवती महिलाका लागि खास व्यवस्था नहुनुजस्ता थुप्रै समस्याले बैंकका सेवा ग्राहीहरु मर्कामा परेको पाइएको छ । बैंकहरुले बार्षिक अर्बौं नाफा कमाउने र करोडौं रकम बोनस शेयरधनीहरुलाई बाँडेपनि आफूहरुको लागि भने न्युनतम सेवा दिन समेत कन्जुस्याई गरेको सेवाग्राहीहरुको गुनासो छ ।
ठूला बैंकहरुमै छैन टोकन प्रणाली पछिल्लो समय धेरैजसो बैंकले टोकनको व्यवस्था गरेपनि ठुला कहलिएका केहि बैंकहरुमा भने यस्तो व्यवस्था छैन । बार्षिक अरवौं रकम नाफा कमाउने एभरेष्ट बैंकको न्युरोड, नयाँ बानेश्वरजस्ता सेवाग्राहीको बढी भीड हुने ठाउँमा समेत टोकनको ब्यबस्था छैन । ‘एभेरेष्ट बैंकजस्तो ठुलो बैंकमा पनि टोकनको ब्यबस्था छैन । नयाँ बानेश्वर शाखामा निकै नै भीड हुने गरेको छ । लगभग आधा घण्टाजसो त लाइन नै बस्नुपर्छ कहिलेकाहीं । बानेश्वरमै केहि काम भए पनि गरेर आउँछु भन्न पाइँदैन । बैंकमा टोकनको ब्यबस्था नहुँदा समय एकातर्फ खेर गइरहेको छ भने अर्कोतर्फ हामी सेवाग्राही लामो समय उभिएर लाइनमा बस्दा कठिन हुने गरेको छ ।’ एभेरेष्ट बैंकमा रकम झिक्न आएका खोटाङ घर भएका सुमन बन्जाराले रातोपाटीसँग गुनासो पोखे । उनका अनुसार यसबारे बैंकलाई समेत उनले पटक पटक गुनासो गर्ने गरेका छन् । तर, सुनुवाई भएको छैन । उनी अगाडी भन्छन्, ‘समयको बचत गर्न पनि बैंकको विकल्प खोज्नुपर्ने भएको छ ।’
बैंक अफ काठमाडौँको न्युरोड साखामा भेटिएका सिन्धुपाल्चोकका रमण धितालको गुनासो पनि उस्तै छ । उनी भन्छन्, ‘बैंकमा टोकन प्रणाली नहुँदा अशक्त तथा अपाङ्गहरुलाई निकै समस्या परेको छ । कहिले काहीं त लाइन मिचेको कुराले झगडा नै पनि पर्ने गर्छ ।’ उनका अनुसार कतिपय अवस्थामा लाइनमा बस्दा महिलामाथि शोषण समेत हुने गरेको छ । उनी अगाडी भन्छन्, ‘टोकन प्रणाली नहुँदा एकातर्फ समय खेर गइरहेको छ भने लाइनमा बस्ने महिला तथा किशोरीहरुमाथि समेत शोषण हुने गरेको छ । काठमाडौँका कतिपय ठुलै बैंकहरुमा भीडका बेला बस्नका लागि ठाउँ समेत छैन ।
अपाङ्ग, गर्वावती, तथा वृद्धवृद्धालाई समस्यै समस्या नेपालकै कतिपय चर्चित बैंकहरुमा अपाङ्ग, गर्भवती महिला तथा वृद्धवृद्धाहरुलाई विशेष ब्यबस्था नहुँदा उनीहरु समस्यामा पर्ने गरेका छन् । नेपाली बैंकहरु अपाङ्गमैत्री नहुनु, गर्भवती महिलाले लाइन बस्नु नपर्ने वा राम्रो बस्ने व्यवस्था सहितको टोकन प्रणाली नहुनुजस्ता थुप्रै समस्याहरुका कारण हैरानी खेप्नु परेको सेवाग्राहीहरुको गुनासो छ । एभेरेष्ट बैंकको नयाँ बानेश्वर शाखामा भेटिएका ६९ बर्षीय, नारायण तिवारी भन्छन्, ‘टोकन प्रणाली नहुँदा निकै नै समस्या पर्ने गरेको छ । बस्ने सिट सबै भरिएका छन्, लाइन लामो छ ।’ यातायातका साधनमाजस्तै जेष्ठ नागरिकहरुका लागि बैंकहरुमा पनि छुट्टै व्यवस्था हुनुपर्ने उनको धारणा छ । उनी अगाडी भन्छन्, ‘ बैंकमा आधा घण्टा बस्नुपर्यो भने जेलमा बसेको जस्तो हुन्छ । ’ कतिपय टोकन प्रणाली नभएका बैंकहरुमा महिला र पुरुषहरुका लागि छुट्टै लाइनको समेत व्यवस्था छैन । बुटवल घर भइ काम विशेषले बैंक पुगेकी २५ बर्षीया स्मृति केसी भन्छिन्, ’ महिलाहरुका लागि छुट्टै लाइनको ब्यबस्था छैन । टोकन प्रणाली भएको भए सार्है राम्रो हुने थियो । तर लामो समय लाइन पनि बस्नुपर्ने र महिलाको लागि छुट्टै लाइनको समेत व्यवस्था नहुँदा निकै नै समस्या पर्ने गरको छ ।’ यसरी लाइन बस्दा कतिपय किशोरी र महिलाहरु शोषणमा पर्ने गरेको समेत उनी बताउँछिन् । ‘लाइनमा कुनै किशोरीलाई छोएको निहुमा झगडै परेका उदाहरणहरु पनि छन्’, उनी भन्छिन् । पाकेटमारको डर उस्तै लामो लाइन र निकै भीडभाड भएका बैंकहरुमा पाकेटमारको समेत उस्तै डर हुने गरेको सेवाग्राहीहरुको गुनासो छ । काठमाडौँ न्युरोडमा भेटिएकी सृजना सिग्देल भन्छिन्, ‘टोकन नहुँदा बैंकहरुमा भीडभाड भएको खण्डमा पाकेटमारको समेत डर हुन्छ ।’ बैंकमा सीसीटिभी जडान गरिएको हुने भएनि भिडभाडमा सीसीटिभीलाई समेत छक्याउने खालका घटनाहरु हुने गरेको उनको तर्क छ । टोकन प्रणालीबारे बैंकका कर्मचारीहरुको आफ्नै तर्क छ । टोकन प्रणाली किन नभएको ? भन्ने रातोपाटीको प्रश्नको जवाफ दिंदै एभेरेष्ट बैंककी एक कर्मचारी भन्छिन्, ‘बढी भिड हुन्छ बैंकमा । सबैलाई पुग्ने गरी कुर्सी राख्ने ठाउँ पनि छैन । अपाङ्ग तथा अशक्तहरुलाई भने लाइन नै नबसी सेवा लिने व्यवस्थाचाहिं गरेका छौं । त्यसका लागि हामीलाई सम्पर्क गर्नुपर्यो वा बैंकका कर्मचारीहरुलाई भन्नुपर्यो ।’खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण