मधेसी नेतालाई सत्ता र भत्ताको राजनीति त्याग्न बाबुरामको सुझाव
गौशाला – नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले आफ्नो हकअधिकार प्राप्तिका लागि मधेसी नेताले सत्ता र भत्ताको राजनीति त्याग गर्नुपर्ने बताएका छन् ।
महोत्तरीको जलेश्वरमा आज नयाँ शक्ति नेपाल महोत्तरीले आयोजना गरेको मधेस स्वाभिमान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले सत्ता र भत्ता नछाड्ने र आन्दोलन पनि गर्ने दोहोरो चरित्रका कारण मधेस आन्दोलन उपलब्धिविहीन भएको प्रष्ट्याए ।
उनले मधेसी नेताले मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाउन चाहन्छन् भने निःस्वार्थ भएर सदन छाडेर सडकमा आउन सुझाव दिए ।
नेता भट्टराईले लामो बन्द र हडतालका कारण मधेस आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा निकै पछाडि परिसकेकाले अब मधेस र मधेसीले केवल राजनीतिक पहिचान र अधिकारका लागि नभएर आर्थिक विकास र समृद्धिका लागि पनि आन्दोलन गर्नुपर्ने बताए ।
उनले सम्पूर्ण मधेसवादी राजनीतिक दल र आममधेसीलाई एक ढिक्का भएर आन्दोलन गर्न र नयाँ संविधानमा संशोधन तथा नयाँ नेपाल निर्माणका लागि नयाँ शक्तिसँग सहकार्य गरेर अगाडि बढ्न अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण