शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रम ओलीद्वारा जापानी प्रमलाई समवेदना सन्देश

सोमबार, ०६ वैशाख २०७३, १४ : १८
सोमबार, ०६ वैशाख २०७३
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी प्रधानमन्त्री शिन्जो आबेलाई एक समवेदना सन्देश पठाउँदै बिहीबार र शनिबार क्युशु टापू र कुमामोटो प्रान्तमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट दुःख प्रकट गरेका छन् । सन्देशमा उनले भूकम्पमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभका साथै विनाशबाट पूर्ण उन्मुक्ति प्राप्तिको कामना पनि गरे । गत वर्ष नेपालमा गएको भूकम्पपछि जापान सरकार र त्यहाँका जनताबाट प्राप्त मूल्यवान् सहायताको स्मरण गर्दै उनले दुःखको यस घडीमा नेपाली जनता जापानी जनताको साथमा रहेको विश्वास पनि दिलाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप