सिकार दस्तुर ह्वात्तै कम
बागलुङ - ढोरपाटन सिकार आरक्षमा सिकारको दस्तुर ह्वात्तै घटेको छ । अघिल्लो यामको तुलनामा अहिले झारल र नाउर दुवैमा राजस्व दर कम छ । गत असोज–मङ्सिरमा एउटा झारल सिकार गरेको रु नौ लाख ३१ हजार लिने गरेकोमा अहिले घटेर रु एक लाख ५० हजार पुगेको छ । यस्तै गत वर्षको पहिलो सिकार याममा नाउर सिकार गरेबापत सिकारीले रु तीन लाख ३० हजारसम्म राजस्व बुझाएका थिए । तर अहिले उउटा नाउरको रु ७५ हजार राजस्व लिने गरेको छ । सिकार एजेन्सीहरुबीच प्रतिस्पर्धा नभएपछि पछिल्लो याममा सिकार दस्तुर ह्वात्तै घटेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउँछन् । सिकार एजेन्सीबीच हुने प्रतिस्पर्धाका कारण नै राजस्वको दर घटबढ हुने गरेको छ ।
अहिले चालु सिकार याम (फागुन–वैशाख)मा विभिन्न देशका गरी ११ सिकारी ढोरपाटनमा सिकारका लागि आइपुगेका छन् । प्रत्येक याममा १३ नाउर तथा छ झारलको सिकार अनुमति दिने गरिएको छ । “सिकार एजेन्सीबीचमा प्रतिस्पर्धा हुँदा दस्तुर पनि बढ्छ, विद्युतीय बोलपत्रबाट सिकारी पठाउने एजेन्सीहरु छानिने गर्छन्”, अधिकृत बरालले भने । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई यामका लागि सिकार खुल्ला गर्ने गरेको छ । बर्सेनि ढोरपाटनमा सिकारी पठाउँदै आउनुभएका ग्लोवल सफारी प्रालिका शम्शेर पराजुली बर्सेनि दोस्रो याममा प्रतिस्पर्धा कम हुने बताउँछन् । “असोज–मङ्सिरको तुलनामा यो याममा सिकारीको कम रुचि हुन्छ,” उनले भने । सिकार खेल्न अमेरिका, जर्मनी, स्पेन, दक्षिण अमेरिका, नर्वेलगायत देशबाट सिकारी ढोरपाटन पुग्छन् । सिकारबाट मात्रै वार्षिक करिब रु एक करोड राजस्व सङ्कलन हुने गरेको छ । अहिले नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोवल सफारी प्रालि, ट्र्याक एण्ड टेल्र्स प्रालि र वपन नेपाल वाइल्ड लाइफ सफारीमार्फत सिकारी यहाँ आएका छन् । आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लकमा सिकार खेल्ने गरिन्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण