शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सभापति देउवा दिल्लीमा : भारतीय नेताहरुसँग राजनीतिक भेटघाट हुने

सोमबार, ०६ वैशाख २०७३, १४ : ३२
सोमबार, ०६ वैशाख २०७३
काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा धर्मपत्नी एवम् सांसद डा आरजु राणा देउवाको उपचारका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । सांसद आरजु राणाको ढाडमा समस्या देखिएपछि शल्यक्रिया गर्न देउवा दम्पती आज नयाँदिल्ली प्रस्थान गरेका हुन् । भारतमा रहँदा सभापति देउवाले भारतीय नेताहरुसँग उच्च राजनीतिक भेटघाट गरी मुलुकको समसामयिक राजनीतिक विषयमा छलफलसमेत गर्नुहुने बताइएको छ । यद्यपि सभापति देउवाका स्वकीय सचिव भानु देउवाले त्यस्तो कुनै भेटघाट तय नभएको जानकारी दिए । भारतमा उपचार सकेर सभापति देउवा शनिबार स्वदेश फर्कने छन्। व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसको सभापति र संसदीय दलको नेतामा हालैमात्र निर्वाचित हुनुभएका सभापति देउवालाई भावी प्रधानमन्त्रीका रुपमासमेत हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप