गुटबन्दी छ भनेर गीत गाएर हिँड्ने होइन : पूर्वप्रम नेपाल
कावासोती - नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता र प्रतिपक्ष हनाथापमा संविधान कार्यान्वयनमा जटिलता हुने भएकाले काँग्रेस सरकारमा आउनुपर्ने धारणा राखेका छन् ।
प्रेस चौतारी नेपाल नवलपरासीले आज कावासोतीमा गरेको पत्रकारसम्मेलनमा पूर्वप्रधानमन्त्री नेपालले भने–“राष्ट्रिय सहमतिमा अगाडि बढ्नुपर्छ त्यसका लागि पक्ष/विपक्ष हुनुहुँदैन ।” संविधान निर्माणमा जसरी सहमति जुटेको थियो सोही भावनाअनुसार संविधान कार्यान्वयनमा जानुपर्ने उनको भनाइ थियो । नेता नेपालले सङ्क्रमणकालमा दलहरु मिलेर जानुको विकल्प नभएको बताए ।
मधेसमा भएको आन्दोलन मधेसी जनताको नभई केही मधेसी दलको भएको पूर्वप्रधानमन्त्री नेपालले बताए । “सीमाङ्कनमा विषयमा मधेसी जनाताको मुद्दा होइन त्यो केही मधेसी दलको हो”, उनले भने, “मधेसमा एमाले छुट्टै मधेस छुट्टै भनेर बुझ्नु हुँदैन ।” असहमति भए वार्ता र संवादबाटै कुरा टुङ्गाउनुपर्नेमा नेता नेपालको जोड थियो ।
एमाले भित्रको गुटबन्दीले सरकारलाई अप्ठेरो पार्न खोजेको भन्ने पत्रकारको प्रश्नमा पूर्वप्रधानमन्त्री नेपालले भने, “गुटबन्दी छ भनेर गीत गाएर हिँड्ने होइन, पारदर्शीता र मापदण्ड तोक्यौँ भने जुनसुकै तहको गुटबन्दी अन्त्य हुन्छ ।” सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने उनले बताए ।
पूर्वप्रधानमन्त्री नेपालले आजै जनज्योति सांस्कृतिक मेला २०७३ को उद्घाटन गर्दै धार्मिक पर्यटनका माध्यमले रोजगारी सृजना गर्न सक्ने बताए । स्वर्गद्वारीदेखि पशुपतिसम्मको क्षेत्रलाई एक अर्ब हिन्दूको आस्थाको केन्द्र र लुम्बिनीलाई विश्वभरिका बौद्ध धर्मावलम्बीको केन्द्र बनाएर आम्दानी गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण