शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

द्वन्द्वकालका मृतक तथा बेपत्ता परिवारलाई नगद राहत

सोमबार, ०६ वैशाख २०७३, १४ : ४०
सोमबार, ०६ वैशाख २०७३
नेपालगन्ज - तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका समयमा राज्य र विद्रोही पक्षबाट मारिएका बाँके जिल्लाका २१० मृतकका परिवारलाई जनही रु पाँच÷पाँच लाख राहत सहयोग यहाँस्थित स्थानीय शान्ति समितिले उपलब्ध गराएको छ । समितिका सचिव पीताम्बर आचार्यका अनुसार, कुल २३७ मृतकका परिवारमध्ये २७ जना मृतकका परिवारले भने अहिले रु एक लाखदेखि रु तीन लाखसम्म राहतमात्र पाएका छन् । पाउनुपर्ने कुल नगद राहत सहयोग वितरणका लागि मन्त्रालयसँग समन्वय भइरहेको बताइएको छ । यसैगरी, द्वन्द्वका समयमा बेपत्ता पारिएका ५० जना घरपरिवारका सदस्यलाई रु पाँच÷पाँच लाखका दरले राहत उपलब्ध गराइसकिएको छ । सचिव आचार्यले समितिले मन्त्रालयमा राहत सहयोग उपलब्ध गराउन सिफारिस गरी पठाएको थप १७० फाइलमध्ये मृतक चार, बेपत्ता दुई, अङ्गभङ्ग ४१, कैद हिरासत १८, सम्पत्ति लुटिएका ४२ र सम्पत्ति ध्वंस भएका २६ जना रहेको छ । बाँके जिल्लाका सबै नगर क्षेत्रको वडा र गाविसमा गाउँ र नगरस्तरीय समितिसमेत गठन भइसकेको जनाइएको छ । समितिको कार्यालयमा द्वन्द्व पीडितसँग सम्बन्धित घटनाको जानकारी लिन आइतबारदेखि १६६०८१५२५५ टोल फ्रि टेलिफोन सञ्चालनमा पनि ल्याइएको छ । हिजैदेखि सत्य निरुपण तथा मेलमिलाप आयोगले थालनी गरेको उजुरी लिने काममा समितिसँग समन्वयात्मक भूमिका समेत हुने समितिका संयोजक तेजविक्रम शाहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप