ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु, बन्द अरनिको राजमार्ग खुल्यो
भक्तपुर - अरनिको राजमार्गखण्डस्थित नलिञ्चोकमा एक ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएपछि आज स्थानीयवासीले १० बजेदेखि बन्द गराएको सडक मध्याह्न १२ बजेपछि खुलेको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित अरनिको राजमार्गमा बा३ख ३०८९ नंको ट्रिपरले बा५३प १३७४ नंको मोटरसाइकललाई ठक्कर दिँदा सूर्यविनायक नपा–१० चित्तपोलका २४ वर्षीय सागर कार्कीको मृत्यु भएको थियो । कार्कीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले रोकिराखेको बा६ख ३४८५ र बा५ख ३७७६ नंको ट्रिपर तोडफोड गरेको ट्रिपर व्यवसायी समितिले जनाएको छ । मृतकका आफन्तले ट्रिपर चालकलाई कारबाही गर्नुपर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै दुई घन्टा राजमार्ग बन्द गराउँदा अरनिको राजमार्ग भएर आवतजावत हुने सवारी साधनसमेत ठप्प भएको थियो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले ठक्कर दिने ट्रिपर र चालक काभ्रे मङ्गलटार बस्ने ४४ वर्षीय बुद्धि कर्मीलाई नियन्त्रणमा लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण