संसद्को बैठक बोलाउन प्रमुख प्रतिपक्षी कांग्रेसको आग्रह
काठमाडौँ - नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्को बैठक शीध्र आह्वान गर्न सरकारसित आग्रह गरेको छ ।
नयाँ संविधानअनुसार संसद्को नियमावली जारी गर्न पार्टीको तर्फबाट पूर्ण सहयोग हुने संसद्का प्रमुख प्रतिपक्षी दलसमेत रहेको नेकाले जनाएको छ ।
उपत्यकामा उपलब्ध नेकाँ केन्द्रीय सदस्य तथा संसदीय दलको संयुक्त रुपमा आज व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले संसद् बैठक आह्वानमा सरकार उदासीन देखिएको आरोपसमेत लगाएको छ ।
संविधान कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्ने आवश्यक ऐन तथा कानुन संसद्मा पेस गर्नुपर्ने र छलफल चलाउनुपर्नेमा सरकार उदासीन बनेको भन्दै सो बैठकले छिटो संसद् बैठक बोलाउन पहल गर्न सरकारसित माग गरेको नेकाँका प्रवक्ता दिलेन्द्र बडूले जानकारी दिए ।
नेकाँका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा पनि अत्यधिक मतले विजयी भएपछि सो बैठक पहिलो पटक बसेको थियो । सभापति देउवा आजै भारत भ्रमणमा प्रस्थान गर्ने भएकाले दलको बैठक नेकाँका वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको थियो ।
बैठकको सुरुमा वरिष्ठ नेता पौडेलले मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था र संविधान कार्यान्वयनमा दलले निर्वाह गरेको भूमिकाका बारेमा प्रकाश पारेका थिए ।
प्रवक्ता बडूले कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउँदै गणन्त्रवादी र राजतन्त्रवादी मिलेर बनेको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए ।
भूकम्पपीडितलाई आवास निर्माण गर्ने आश्वासनमात्र बाड्ने काम सरकार र भूकम्प पुनःनिर्माण प्राविधिकरणले गरिराखेको उनले आरोप लगाए ।
यही वैशाख १० गते हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनमा प्रजातन्त्रवादी समूहलाई विजय गराउन पहल गर्न बैठकमा छलफल भएको नेकाँका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले जानकारी दिए । उनले निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकारसित आग्रहसमेत गरे ।
अर्का केन्द्रीय सदस्य रामकृष्ण यादवले आगामी वर्षको बजेट तथा योजना तर्जुमा सुरु भएकाले यसका बारेमा संसद्मा छलफल हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण