एमालेकै नेतृत्वमा राष्ट्रिय सरकार : नेता खनाल
इलाम - नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल इलामले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेसलगायत अरू दल पनि वर्तमान सरकारमै सहभागी भएर राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिए ।
मधेसका समस्या आधारभूत रूपमा समाधान भएको बताउँदै नेता खनालले मधेसका नाममा अब आन्दोलन गर्न नहुने विचार व्यक्त गरे ।
उनले संविधान लोकतान्त्रिक, प्रगतिशील र समाजवाद उन्मुख रहेको बताउँदै भने, – “जसरी संविधान बनाउन सबै दल लागियो त्यसरी नै यसको कार्यान्वयनका लागि लाग्नुको विकल्प छैन ।”
केन्द्रीय कमिटीको बैठकबाट एमालेमा गुट उपगुट नभई एकताबद्ध भएर अघि बढ्ने निर्णय भएको जानकारी दिँदै नेता खनालले भने, “पार्टीले गरेका निर्णय बमोजिम एक ढिक्का भएर अघि बढ्नुपर्छ ।”
संविधान निर्माणपछि देश आर्थिक क्रान्तितर्फ अघि बढेको बताउँदै उनले देश विकासमा लाग्न सबैसँग आग्रहसमेत गरे । सरकारले यसपटक जनमुखी र किसानमुखी बजेट ल्याउन लागेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण