नेपाली क्रिकेट : नयाँ वर्ष नयाँ उपलब्धि
उपलब्धि १ : नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप खेल्ने मौका पाएपनि यस प्रतियोगितामा गत वर्ष कुनै जीत निकाल्न सकेन । गत वर्ष चार खेल हारेको नेपालले पराजयको शृंखला तोड्दै घरेलु मैदानमा नामिबियालाई पहिलो खेलमा ५ विकेटले हरायो ।
उपलब्धि २ : नेपालले दोस्रो खेल ३ विकेटले जितेसँगै पुछारबाट पाँचौ स्थानमा फड्को मार्यो । लगातारको दुई जितपछि नेपालले आगामी वर्षको विश्वकप छनोट खेल्ने संभावना बलियो बनाएको छ । अंकतालिकामा नेदरल्याण्डस् १० अंकसहित पहिलो, हंङकङ ९ अंकसहित दोस्रो, स्कटल्याण्ड ७ अंकसहित तेस्रो, केन्या ६ अंकसहित चौथो र नेपाल ४ अंकसहित पाँचौ स्थानमा छन् । यद्यपी अझै केन्या र पिएनजीले एकआपसमा दुई खेल खेल्न बाँकी छ । यि टिमले केवल ४ खेल खेल्दा नेपालले ६ खेल खेलिसकेको छ । नेपालभन्दा पिएनजी रनरेटमा मात्रै पछाडी छ । उपलब्धि ३ : नेपाली ब्याटस्म्यानहरुले घरेलु मैदानमा खुलेर खेले । दोस्रो खेलमा ओपनर ज्ञानेन्द्र मल्ल र नरेश बुढायरलाई सस्तैमा गुमाएपनि पारस खड्का र शरद् भेस्वाकरले गतिलो साझेदारी गर्दै नेपाली ब्याटस्म्यानहरु कमजोर नरहेको प्रमाणित गरे । यसअघि पहिलो खेलमा विनोद भण्डारीले शरद्लाई राम्रो साथ दिएका थिए । तर दोस्रो खेलमा त्यस्तो प्रदर्शन गर्न उनी चुके । उपलब्धि ४ : अघिल्लो वर्ष क्यान विवादका कारण नेपाली क्रिकेट ओझेलमा परेको थियो । तर खेलाडीहरुको प्रदर्शनले फेरि एकपटक क्रिकेटको महत्व बढाईदिएको छ । उपलब्धि ५ : युवा विश्वकपमा चम्किएका सन्दिप लामिछानेले डेब्यु खेलमै सनसनी मच्चाए । उनले आफ्नो उत्कृष्ट प्रदर्शनलाई दोस्रो म्याचमा समेत निरन्तरता दिएर आफू विश्वस्तरीय बलर रहेको प्रमाणित गरे । उनले डेब्यू खेलमै २ मेडन राखेर १ विकेट लिए भने दोस्रो खेलमा २ मेडन राखेर २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण