उपेन्द्र यादवको प्रश्न, ‘अहिले नाकामा मधेसी छैनन्, कता जान्छ बुलेटका बुलेट ग्यास ?’
काठमाडौं–संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार जनताको हितमा नभएको भन्दै तस्कर र माफियालाई साथमा लिएर सरकार अगाडि बढेको आरोप लगाएका छन् । सोमबार संघीय गठबन्धनले राजधानीमा आयोजना गरेको ‘संयुक्त राष्ट्रिय आन्दोलनको अपरिहार्यता’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले धोती लगाएर मधेसी जनताले बोर्डरको रक्षा गरेको बताए ।
‘अहिले नाकामा कोही धर्ना बसेको छैन, बुलेटका बुलेट भित्रिएको ग्यास कहाँ गयो ?’ प्रश्नात्मक शैलीमा यादवले भने, ‘सरकारमा बसेकाहरु सिंगो देशलाई नाकाबन्दी गरिरहेका छन्, दशजगामा बस्नेले कसरी गरे नाकाबन्दी ?’
पहिचान र अधिकारका लागि राजधानी केन्द्रित आन्दोलन शुरु गर्ने भन्दै गठबन्धनले आयोजना गरेको अन्तक्रियामार्फत नेता यादवले मंगलबार संघीय गठबन्धनको बैठक बसेर आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने बताए ।
मधेस र थारुहट क्षेत्रमा पहिचान अधिकार माग्दै भएको आन्दोलन दमन गरेर ओली सरकारले अपराध गरेको उल्लेख गर्दै यादवले भने, ‘सरकारले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लघंन गरेको छ, मधेसमा गरिएको दमनको अन्तर्राष्ट्रिय जाँच हुनुपर्छ ।’
‘सरकारले जतालाई अधिकार दिनुको साटो कालाबजारी र माफियालाई प्रशय दिएको छ’ यादवले भने, ‘हामीले लडेर गणतन्त्र ल्यायौं, तर सरकारमा गणतन्त्र विरोधीहरुको जमात जम्मा गरिएको छ, त्यसैले सरकार लोकातन्त्रमाथि हमला गरेर भागबन्डाको खेलमा अल्झियो ।’
नयाँ बनेको संविधानमा खस आर्यको परिभाषा समेत गलत रुपमा लेखिएको उल्लेख गर्दै यादवले प्रश्न गरे, ‘८–९ कक्षा पढेकाहरुलाई डिक्सनेरी हेर्न पनि आउँदैन कि क्या हो ?’
अहिलेको राज्य पुनः संरचना देशको हितमा नभएको उल्लेख गर्दै पहिचान र सामथ्र्यको आधारमा पुनः संरचना हुनुपर्छमा उनले जोड दिए ।
वितगमा मधेसी, जनजातीलगायत समुदायसँग राज्यले गरेको सहमति कार्यान्वयन नगरेकोमा आक्रोश व्यक्त गर्दै नेता यादवले संविधान पुनर्लेखन नगरी मधेुलगायतका क्षेत्रमा देखिएको समस्या समाधान नहुने जिकिर गरे ।
आफूहरु वार्ता विरोधी नभएको तर सरकारले वार्ताबाट समस्या समाधान गर्नेमा आफूहरु विश्वस्थ नभएको उल्लेख गर्दै यादवले भने, ‘संविधानमार्फत अधिकार पाउने कुरा अब वार्ताबाट सम्भव छैन, त्यसैले विद्रोह गर्दैछौं ।’
सभासद्हरुलाई ‘बेवकुफ डाक्टर’ भन्दै सुन्दरमणिले भने, ‘अपांग संविधान जन्माए’ सोही कार्यक्रममा नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले आफूहरुले अल्ट्रासाउण्ड गर्दा बच्चा अपांग भएको देखिएमा एवोर्सन गर्ने गरेको प्रसंग सुनाउँदै नयाँ संविधान अपांग रहेको बताए । संविधान बनाउनेहरुलाई ‘वेजकुफ डाक्टर’को संज्ञा दिँदै दिक्षितले भने, ‘बेवकुफ डाक्टरहरुले अपांग संविधान जन्माए ।’
‘कार्टुनरुपी प्रधानमन्त्री आफ्नै मन्त्रिमण्डलका मन्त्रीले संघीयताको विरोध गर्दा किन चुपचाप छन ?’ दिक्षितले भने, ‘नेपालीसँग विवाह गर्ने भारतीय महिलालाई पनि नागरिकता दिनुपर्छ किनकी हाम्रो देशको नागरिकता अर्को देशको मान्छेले लिन खोज्नु हाम्रो लागि गर्वको कुरा हो ।’
स्वामी विवेकानन्द र भगवान गौतम बुद्ध कार्लमाक्र्स र लेनिनभन्दा ठूला कम्युनिष्ट रहेको उल्लेख गर्दै डा. दिक्षितले मधेशी र पहिचानवादीहरुले गर्न लागको राजधानी केन्द्रित आन्दोलमा ऐक्यबद्धता जनाए । उनले भने, ‘अनिश्चितकालीन हड्ताल नगर्नुहोस, जनतालाई सँगै लिएर गरिने आन्दोलनमा मेरो समर्थन रहन्छ ।’
कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना, लेखक खगेन्द्र संग्रौला, पर्शुराम तामाङ, डा. ओम गुरुङ, कुमार लिङ्देन, भानुराम थारु, गणेशमान गुरुङलगायतले पहिचान पक्षधरहरुले गर्न लागेको राजधानी केन्द्रित आन्दोलनको समर्थन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण