शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल र नामिबियाबीचको खेल हेरेपछि १२ वर्षीय बालकले भने, ‘नेपालको ठूलो क्रिकेटर बन्ने चाहना छ’

सोमबार, ०६ वैशाख २०७३, १९ : २४
सोमबार, ०६ वैशाख २०७३

पर्वत – पर्वत जिल्ला एक आफैँमा भौगोलीक दृष्टिकोणमा विकट जिल्ला मानिन्छ । चारैतिर ठूला ठूला पाहाडका श्रृखंलाहरु कमै मात्रमा समथर जग्गा यस्तो ठाउँका मानिस एक ठूलो खेलाडी बन्न चाहाना राख्नु भनेको लगभग चन्द्रमामा घर बनाउनु सरह नै हुन्छ । तर, त्यही भौगोलीक विकट जिल्लाको दक्षिणी भेग टक्लकमा जन्मिएका १२ वर्षीय प्रशान्त न्यौपाने नेपालको एक ठूलो क्रिकेटर बन्ने बताएका छन् ।

को हुन प्रशान्त न्यौपाने ? २०६० सालमा दक्षिणी पर्वतको टक्लकमा जन्मिएका न्यौपानेको बुबाको पोलियोको कारण २ ओटा खुट्टा छैनन् भने आमाको पनि देब्रे हातमा समस्या छ । क्रिकेटमा ज्यादै लगाव राख्ने यी १२ वर्षीय बालक क्रिकेटका विकिपिडिया नै हुन् भन्दा पनि फरक पर्दैन् । भारतको स्थानीय क्रिकेट प्रतियोगीता कर्नटाका लिग आइपियल, अस्ट्रेलियाको बिगबस, अफ्रिकन लिग, पाकिस्तान क्रिकेट लिगदेखि नेपालको धनगढीमा संचालन भएको (डिसियल) धनगढी क्रिकेट लिगका सम्पूर्ण टिम र खेलाडीको नाम नै कण्ठ छ उनलाई ।

गाउमा उनीसँग क्रिकेट खेल्न साथ दिने कोही साथी नभएपछि बाख्राको पुच्छरलाई ओम्पाएर सम्झिएर प्लाष्टिकको बल र घरमा नै बनाएको ब्याटद्वारा क्रिकेट खेल्ने १२ वर्षीय बालक आफूलाई दुवै हातले बलिङ् गर्न आउने बताउँछन् । एक हातले स्पिन गर्छन् अर्को हातले मिडियम पेष्ट दुवै हातले बलिङ् गर्न सिपालु न्यौपाने आफू ब्याटिङ्मा भने कमजोर भएको बताउँछन् । गाउँ घरमा उनलाई बलिङ् गर्दिने कोहि नभएपछि आफूले ब्याटिङ्मा अभ्यास गर्न नपाएको बताए । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटको हरेक कुराहरु आफ्नो कपिमा हातले लेखेर रेकर्ड राख्ने गर्दछन् । पुराना पत्रपत्रिका खोजेर राष्ट्रिय र अन्तर्राष्ट्रिय टिमको खेलाडीको तस्विर काटेर आफ्नो कपिमा टाँसी उसले खेलेका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरुको रेकर्ड राख्ने गरेका छन् ।

गाउँमा लुकेर रहेको प्रतिभा कसरी एक्कासी चर्चित बन्न पुग्यो ? पर्वत जिल्लाकै सन्जय काफ्ले (कृषि विद्यार्थी) आफ्नो शैक्षिक भ्रमणको क्रममा टक्लक पुगेका थिए । घुुम्दै जाने क्रममा उनी प्रशन्न न्यौपानेको घरमा पुगे । प्रशन्नका बुबाको पनि व्यवसाय कृषि नै गर्ने कृषक भएको कारण सन्जय उनले गरेको व्यवसाय कृषि फर्म हेर्न त्यहाँ पुगेका थिए । बुबाको आग्रहमा ती १२ बर्षे बालकले सन्जयलाई कृषि फर्म घुमाउन लिएर गए । घुमाउने क्रममा आफूलाई क्रिकेट सम्बन्धी धेरै ज्ञान भएको र आफू प्लाष्टिकको बल र घरमा नै बनाएको ब्याटबाट एक्लै क्रिकेट खेल्नेदेखि वैशाख ४ र ६ गते नेपाल र नामिबिया बीचको खेल हेर्न काठमाडौं जान मन लागेको कुरा सन्जयलाई बताए । एकछिन सन्जय बालकसँग क्रिकेट खेलेर उनको केहि तस्बिर खिचेर फर्किए । भोलीपल्ट सन्जयले ती १२ वर्षीय बालकसँग घटेका सम्पूर्ण घटनाहरु फेसबुकमा हाले क्रिकेट प्रेमीहरुको धनी देश नेपाल क्रिकेटमा केहि गर्छु भन्ने यी बालकको चाहना देखेर अचम्मित नेपालीहरुमा माझ त्यो खबर भाईरल नै बन्यो ।

क्रिकेट पर्वत र ग्रेट हिमालयन क्रिकेट एकेडेमीको सहयोगमा पर्वतदेखि काठमाडौंसम्म क्रिकेट पर्वत र ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाडौंको समन्वयमा उनलाई हिजो काठमाडौं ल्याइएको क्रिकेट पर्वतका अध्यक्ष सुजन शर्मा पौडेलले बताए । हिजो बेलुका काठमाडौं आइसकेका उनीहरुलाई क्रिकेट पर्वतका अध्यक्ष सुजन शर्मा पौडेल ग्रेट हिमालयन क्रिकेट एकेडेमीका प्रोपाईटर सुदिप शर्मा लगायतले स्वागत गरेका थिए । न्यौपानेका बुबाले नै छोराले देशको लागि केहि गर्छ भने आफू छोराको लागि जे गर्न पनि तयार रहेको बताएपछि ग्रेट हिमालयन एकेडेमीले उनलाई फ्रि मा प्रशिक्षण तथा शिक्षण दिने करिब पक्कापक्की भएको सुदिप शर्मा ले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप