साढे बाह्र लाख बराबरको सुन र चाँदी बरामद
सोमबार, ०६ वैशाख २०७३, १९ : ३१
राजविराज– प्रहरीले सप्तरीको रायपुर गाविस–७ स्थित राजविराज–रुपनी सडक खण्डबाट सोमवार साढे बाह्र लाख मुल्य बराबरको सुन र चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको कोलकत्ता बस्ने २५ वर्षीय मोहम्मद मोहिम रहेका छन् ।
उनको साथबाट साढे बाह्र लाख मुल्य बराबरको ५ किलो चाँदी र २० तोला सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
उनका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले मुईमलाई पक्राउ गरेको हो । पक्राउ गरिएको मुईमलाई सुन र चाँदीसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी चलान गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण