पोखरामा यातायात व्यवसायीबीच कुटाकुट, ७ जना घाईते, तीन जना पक्राउ
पोखरा – पोखराका यातायात व्यवसायी बीचमा सोमवार कुटाकुट भएको छ । कुटाकुट हुँदा ७ जना घाईते भएका छन् । पोखरामा प्रधान कार्यालय रहेको पृथ्वीराजमार्ग बस सञ्चालक समिति र झापामा प्रधान कार्यालय रहेको उज्यालो यातायात व्यवसायी समितिका पदाधिकारी बीचमा आज झडप भएको हो ।
झडपमा घाईते हुनेहरुमा उज्यालो यातायातका नविन लामा र विष्णु नेपाली रहेका छन् । त्यसैगरी पृथ्वीराजमार्ग बस सञ्चालक समितिका रुद्रथापा मगर, श्याम श्रेष्ठ, झलक कुँवर, प्रकास सिग्देल र पशुपति पौडेल रहेका छन् । पोखराको लागि नयाँ समितिको रुपमा भित्रिएको उज्यालोले यस क्षेत्रमा गाडी प्रवेश गराउन खोजेपछि पृथ्वीराजमार्ग बस सञ्चालक समितिका पदाधिकारीहरुले नयाँ व्यवसायीमाथि आक्रमण गरेको बताइएको छ । तर, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार शाहीले नयाँ बसका साथीहरुले आक्रमण गर्न खोजेपछि झडप भएको बताए ।
झडपमा उत्रिएका तीन जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता गज्जुसिद्धी बज्राचार्यले जानकारी दिएका छन् ।
पोखराको जिरो किलोमिटरमा कार्यालय स्थापना गरी उज्यालो यातायातले देशका विभिन्न स्थानमा बस सेवा सञ्चालन गर्न लागेको समितिका अध्यक्ष नलवहादुर गुरुङले जानकारी दिएका छन् ।
समितिले हाल १२ वटा वसवाट यातायात सेवा सञ्चालन गर्ने निकट भविष्यमा ५४ वटा बसमार्फत सेवा सञ्चालन गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण