ढुङ्गा हान्नेलाई सार्वजनिक मुद्दा
भक्तपुर– बिस्केट जात्राको अन्तिम दिन गए राति रथ तान्ने क्रममा ढुङ्गा हान्ने १२ जनालाई पक्राउ गरी आज सार्वजनिक मुद्दा चलाइएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जात्रामा ढुङ्गा हान्नेहरूलाई राति नै नियन्त्रणमा लिएर आजै सार्वजनिक मुद्दा चलाइएको बताउ ।
बिस्केट जात्राको अन्तिम दिन रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा सर्वसाधारण १५ र सुरक्षाकर्मी पाँच घाइते भएका छन् भने केही घरका सिसा र सिसी क्यामरा तोडफोड भएका छन् । ढुङ्गा हानाहान भएर तनावग्रस्त भएपछि राति सुरक्षाकर्मीले लठ्ठी प्रहार गरी तीन राउन्ड अश्रुग्यास प्रहार गरेर भिड तितरवितर पारेर स्थिति नियन्त्रणमा लिएका थिए ।
गःहिटी पु¥याउनुपर्ने रथ नासमानाबाट फर्काउने क्रममा बोलाछेको बुलुचास्थित ढुङ्गेधारमा दुई पाङ्ग्रा खसेर अड्किएपछि भैरव र बेताल देवतालाई त्यहीँबाट झिकेर मन्दिर लगिएको थियो । अड्केको रथ चार दिनपछि साइत निकाली तान्त्रिक विधिबाट क्षमा पूजा गरेर मात्रै तौमढी लैजाने गुठी संस्थानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण