गोलानहाइटमा भएको इजरायली मन्त्रिपरिषद् बैठक उत्तेजक कार्य
जेनेभा– संयुक्त राष्ट्रसङ्घका लागि सिरियाली राजदूत बसार जफारीले इजरायली मन्त्रिपरिषद् बैठक विवादित भूमि गोलानहाइटमा गरिनुलाई उत्तेजक कार्य भएको प्रतिक्रिया दिएका छन् ।
यो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गैरजिम्मेवारपूर्ण र उत्तेजक गतिविधि भएको छ, जफारीले भने ।
इजरायली प्रधानमन्त्री नेतन्याहूले गोलनहाइटमा आइतबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । बैठकमा उनले इजरायल गोलानहाइटबाट कहिल्यैँ फर्किने छैन भनेका थिउ ।
इजराएलले सिरियाबाट सन् १९६७ मा छ दिन लामो युद्धपछि करिब १ हजार २०० वर्ग किलोमिटर भूभाग आफ्नो कब्जामा लिएको थियो । युद्धबाट हासिल गरेको गोलानहाइटलाई नियन्त्रणमा लिएको ५० वर्षपछि पनि अन्तर्राष्ट्रिय समुदायबाट मान्यता दिएको छैन । यो भूभाग सिरियाको भएको सिरियालगायत अन्तर्राष्ट्रिय समुदायको दाबी छ ।
गोलनहाइटमा गरेको पहिलो मन्त्रिपरिषद्को बैठकमा इजरायली प्रधानमन्त्री नेतन्याहूले बरू सबैले गोलानहाइट इजरायलकै भएको स्वीकार गर्न अनुरोध गरेका थिए ।
उनले बैठकमा अब अन्तर्राष्ट्रिय समुदायले इजरायली सीमामा जे छ त्यो स्वीकार गर्न र गोलानहाइट इजरायलको भएको मान्न तयार हुनुपर्ने तर्क गरेका थिए ।
प्रधानमन्त्री नेतन्याहूले आफूले अमेरिकी विदेशमन्त्री जोन केरीसँग सिरिया पुरानो अवस्थामा आउन सक्ने विषयमा सम्भावना नरहेको शनिबार बताएका थिए ।
गोलानहाइटको विषयमा इजरायलको दाबी रहिरहने अमेरिकी विदेशमन्त्री केरीलाई भनिसकेको बताउँदै छिट्टै यस सन्दर्भमा सिरियाली राष्ट्रपति बर अल असद र उनको निकट सहयोगी मानिँदै आएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बैठकका क्रममा उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण