शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले सम्बद्ध युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य नयाँ शक्तिमा

सोमबार, ०६ वैशाख २०७३, २० : ००
सोमबार, ०६ वैशाख २०७३

काठमाडौं– नेकपा एमालेसम्बद्ध युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य अञ्जन भट्ट नयाँ शक्ति नेपालमा प्रवेश गरेका छन् ।

भट्टले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै एमाले पार्टीका सबै जिम्मेवारी त्यागेर नयाँ शक्तिमा आबद्ध भएको जनाएका छन् ।

भट्टले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘नयाँ राजनीतिक संस्कार, नविनतम सोच र देशको आर्थिक उन्नतिमा केन्द्रीत वैकल्पिक राजनैतिक शक्तिको आवश्यकता आजको अपरिहार्यता हो ।’ उनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले देशलाई आर्थिक विकासको बाटोमा अघि बढाउने पूर्ण विश्वास छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप