विहारमा मदिरा प्रतिबन्ध भएपछि भारतीयहरु नेपाली बजारमा
सोमबार, ०६ वैशाख २०७३, २० : ०९
[caption id="attachment_44483" align="alignleft" width="840"] लसुनामा रहेको एक मदिरा पसल । [/caption]
रिक्सा चालकदेखि प्रहरी अधिकारीसम्म मदिरा सेवन गर्न आउँछन्
नितिश कुमार मुख्यमन्त्री भएको भारतको विहार राज्यमा मार्च ३० तारिखमा शरावबन्दीको कानुन पारित भयो । विधानमण्डलमा विहार शंसोधन विधेयक, २०१६ सर्वसम्मत रुपमा पारित भएको थियो । त्यसपछि, अप्रिल १ तारिखदेखि यो कानुन लागू भयो ।
कानुनतः मदिरा उत्पादन, बिक्री–वितरण वा सेवन गरे १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म र १० वर्षसम्म कैद सजायको व्यवस्था समेत छ । यस्तो कानुन पारित भएपछि अहिले भारतीय मदिरा सेवनकर्ताहरु सीमावर्ती ग्रामिण भेगको नेपाली पसलहरुमा आएर मदिरा सेवन गर्ने गरेको पाइएको छ । खुल्ला मदिरा बिक्रीका कारण उनीहरुलाई मदिरा सेवनका लागि नेपाली सिमावर्ती क्षेत्र उत्तम विकल्प भएको हो ।
[caption id="attachment_44484" align="alignleft" width="840"] विहारका मुख्य मन्त्री नितिश कुमार । [/caption]
विहारमा अहिले यो कानुन निक्कै कडाइका साथ लागू गरिएता पनि नेपाली बजारमा विहारका स्थानीयदेखि प्रहरीका अधिकारीहरुसम्म मदिरा सेवन गर्न आउने गरेको भारतसँग सिमा जोडिएको झापाको लसूना बोर्डरका एक स्थानीयले नाम नबताउने सर्तमा जानकारी दिए । उनले हामीलाई एक प्रहरीले मदिरा खरिद गर्दै गरेको तस्वीर समेत उपलब्ध गराएका छन् ।
मदिरा सेवनका कारण विहार राज्यमा अपराध बढेको र नागरिकले घरपरिवारलाई वेवास्ता गरेको भन्दै त्यहाँ मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो । मदिरा प्रतिबन्ध भएपछि विहारसँग सिमा जोडिएको नेपाली बजार लसुना र झापा बजारमा भारतीय ग्राहकलाई लक्षित गरी होटलहरु खुल्ने क्रम बढेको छ ।
हाल लसुना र झापा बजारमा करिब एक दर्जन होटल खुलिसकेका छन् भने त्यति नै सङ्ख्यामा खुल्ने क्रममा रहेका छन् ।
पैदलयात्रुलाई पनि मापसे
[caption id="attachment_44485" align="alignleft" width="840"] भारतीय प्रहरीका एक जवान मदिरा खरिद गर्दै ।[/caption]
विहारमा मदिरा प्रतिबन्ध भएपछि नेपाली बजारमा आउने भारतीयहरुलाई प्रवेशद्वारमा भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले ‘मापासे’ चेक गरेर मात्र प्रवेश गर्न दिने गरेका छन् । ‘मापसे’ गरेको भेटेमा कुटपिट गर्ने साथै अन्य कारबाही समेत गर्ने गरेको स्थानीय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण