सात वर्षपछि हिरामायाको जोवन देखेर केटा पल्कियो (भिडियोसहित)
काठमाडौं–नेपाली सांगितिक क्षेत्रमा नयाँनयाँ अनुहार दिनप्रतिदिन आइरहेका छन् । यस क्षेत्रमा सामना गर्नुपर्ने विभिन्न बाधा, अड्चनका कारण सबैजना टिकिरहन भने सक्दैनन् । तर सांगितिक दुनियाँमा नै आप्mनो परिचय बनाउन चाहनेहरु यो क्षेत्र छोड्न सक्दैनन् । त्यसै मध्येकी गायिका हुन् हिरामाया बाइबा । २०६५ सालदेखि औपचारिक रुपमा नेपाली सांगितिक क्षेत्रमा प्रवेश गरेकी बाइबा आन्तरिक समस्याको कारण केहि समय यस क्षेत्रबाट टाढा रहनुपर्यो ।
सात वर्षको अन्तरालपछि उनी फेरी नेपाली संगित नगरीमा प्रवेश गरेकी छिन् । उनी भन्छिन्, ‘म संगितबाट टाढा रहन सक्दिन, जीवनभर संगितमै रमाउन चाहन्छु संगीत नै मेरो सबैभन्दा ठूलो रुची हो ।”
सुमधुर स्वरकी धनी उनै हिरामायाले सात वर्षको अन्तरालपछि दर्शक स्रोताको लागि ‘पल्कियो केटा पल्कियो’ बोलको रमाईलो गीत सार्वजनिक गरेकी छिन् । उक्त गीतमा उनलाई टंक तिमल्सिनाले गायनमा साथ दिएका छन् भने शब्द संगीत पनि टंक तिमल्सिनाको नै रहेको छ । सानैदेखि गायनमा रुची राख्ने हिरामाया सबैप्रकारका गीत गाउन रुचाउँछिन् । तामाङ सेलो र आधुनिक गीत पनि चाँडै सार्वजनिक गर्ने उनले बताइन् ।
‘पल्कियो केटा पल्कियो’ बोलको गीतको भिडियो हिरामाया बाइबा नामको आफ्नै यु—ट्युव च्यानलबाट उनले सार्वजनिक गरेकी छिन् । सुनिल मगरले निर्देशन गरेको गीतमा रश्मि तामाङ र सिरोज थापाको उत्कृष्ट अभिनय रहेको छ । गीत निकै रमाईलो रहेको र एकपटक सुनेपछि सबै स्रोता, दर्शकले मन पराउनेमा उनी विश्वस्त छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण