माओवादी पतित र भ्रष्टहरुको पार्टी : भट्टराई
बर्दिबास–एकीकृत नेकपा माओवादी पतित र भ्रष्टहरुको पार्टी भएपछि आफूले नयाँ विचारको खोजीमा तराईमा जागरण अभियानको थालनी गरेकोे पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले बताएका छन् । महोत्तरीको बर्दिबासस्थित बर्दिबास सेवा समितिको सभाकक्षमा आयोजित तराई–मधेसको जागरण अभियानलाई सोमबार सम्बोधन गर्दै संयोजक भट्टराइले यस्तो बताएका हुन् ।
मैले पार्टी फुटाएको होइन ‘मैले पार्टी फुटाएको होइन’ संयोजक भट्टराइले भने, ‘पतित र भ्रष्टहरुसँग विचार पुरानो भयो । म नयाँ विचारको खोजी गर्दैछु ।’ कुनै पनि पदमा जान आफ्नो आकंक्षा नरहेको बताउँदै उनले भ्रष्टहरुलाई कुनै पनि पार्टीमा स्थान दिन नहुनेमा जोड दिए ।
मधेसको सिमाकंन मिलाउनुपर्छ संविधानसभा र गणन्त्रणको नारा संस्थागत भएको उनको कथन थियो । मधेसको सिमाकंन नमिलेको संयोजक भट्टराइले औंल्याए । उनले भने, ‘सिमांकन मिलेको छैन । राज्यपुर्नसंरचना समितिले दिएको प्रतिवेदनको आधारमा संविधान संसोधन गरेर सिमांकन मिलाउनुपर्छ ।’
संविधान कार्यान्वयन हुनुपर्छ माक्र्सवाद कुनै मन्त्र नभएर केवल संसार बदलने सिद्धान्त रहेको उनले बताए । उनले भने, ‘संविधान कार्यान्वयन हुनुपर्छ । यसको स्वामित्व हामी पनि लिन्छौं ।’ मधेसका बाँकी अधिकारका लागि हाम्रो संघर्ष जारी नै रहने उनले जिकिर गरे ।
नेताहरु कमिसन खोर र भ्रष्ट भए नेताहरुले चुनावमा गरेको खर्च विकास निर्माणको नाममा कुम्ल्याउने गरेको उनले बताए । उनले भने, ‘चुनावमा जित हात पार्न अत्याधिक खर्च गर्ने नेताहरु कमिसन खोर र भ्रष्ट रहेको बताए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण