म्याग्दीका कृषकहरु मौरीपालनतर्फ आकर्षित
म्याग्दी – म्याग्दीका कृषकहरु पछिल्लो समय व्यवसायीक मौरीपालनतर्फ आकर्षित भएका छन् । परम्परागत रुपमा मौरीपालन गर्दै आएका कृषकहरु व्यवस्थित मौरीपालन गरेर व्यवसायीक बन्न थालेका हुन् ।
कम लगानीमा छिटो प्रतिफल प्राप्त गर्न सकिने, अनुकुल हावापानी एवं वातावरण, सिप तथा प्रविधिको विकास र विस्तारको साथै उच्च व्यवसायीक सम्भावनाका कारण म्याग्दीका कृषकहरुले मौरीपालन पेशा अँगाल्न थालेका हुन् ।
गाईभैसी, भेडाबाख्रा र कुखुरालाई जस्तै धेरै समय र पुँजी लगानी गर्नु नपर्ने तथा आम्दानीको राम्रो सम्भावना भएकाले मौरीपालनमा कृषकको आकर्षण बढेको हो । वनजंगल र खेतबारीको बगैंचाबाट आहारा आपूर्ती गराउन सकिने मौरीपालनका लागि धेरै जग्गा जमिनको पनि आवश्यकता नपर्ने कुहुँका कृषक गोविन्द केसीले बताए ।
उनका अनुसार मौरीपालन विस्तार हुन थालेपछि नयाँ घार र गोलाको माग बढेको हो । उपयुक्त हावापानी र पर्याप्त चरनक्षेत्र रहेको म्याग्दीमा केही वर्षअघि सम्म मौरीपालन घरायसी उपभोगमै सिमीत थियो । परम्परागत काठको मुडे घारमा मह उत्पादन गर्दै कृषकले पछिल्लो समय आधुनिक घारमा मौरी पाल्न थालेका छन् ।
ब्यवसायीक मौरीपालन गरेका कृषकहरुले मह र मौरीको गोला बेचेर प्रतिव्यक्ति वार्षिक तिन देखि चार लाख रुपैया सम्म आम्दानी गरेको बताउँछन् । गोलाबाट मह नझिक्दै माग आउने भएकाले बजारको कुनै समस्या छैन् । प्रतिलिटर एक हजार रुपैयामा बिक्री हुने म्याग्दीको घरमह बिदेशमा समेत निर्यात हुने गरेको बेनपा १२ डडुवाकी कृषक रामकुमारी खत्रीले बताए ।
जिल्ला कृषि विकास कार्यालयले घतान, पात्लेखेत, पिप्ले, डडुवा, चिमखोला, भकिम्ली, ज्यामरुककोटलाई मौरीपालनका लागि पकेट क्षेत्र घोषणा गरेको छ । सात वटा समूहमा आवद्ध १४० जना कृषकहरुले चार हजार पाँच सय घारमा सेरेना जातको ब्यवसायीक मौरीपालन गरेको कृषि विकास कार्यालयले जनाएको छ ।
म्याग्दीमा वार्षिक २२ हजार पाँच सय किलोग्राम घरमह उत्पादन हुन्छ । मौरीपालन विस्तारका लागि कृषि विकास कार्यालयले प्राबिधिक तालीम, अनुदानमा घार र उपकरण सहयोग गरेको बागबानि विकास अधिकृत भोजबहादुर थापाले बताए । एक वर्षमा दुई पटक निकाल्न सकिने मह एउटै घारमा वर्षमा पाँच किलोसम्म उत्पादन हुन्छ ।
महको अलवा मौरीको गोलानै बेच्दा अझ बढी फाईदा हुने कृषकहरु बताउँछन् । मौरीपालनलाई ब्यवसायीक रुपमा विकास गरि विस्तार गर्न सकेमा कृषकको आयआर्जन वृद्धीका साथै जिल्लाको आर्थिक विकासमा पनि टेवा मिल्ने प्रशस्त सम्भावना देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण