शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुनार तथा सुन्तलामा नयाँ रोग देखिन थालेपछि किसान चिन्तित

मङ्गलबार, ०७ वैशाख २०७३, १० : ०६
मङ्गलबार, ०७ वैशाख २०७३

ओखलढुंगा – ओखलढुंगाका विभिन्न स्थानमा जुनार तथा सुन्तलाको व्यावसायिक खेती गर्ने कृषकहरु फलमा औषा पर्ने तथा बोट सुक्ने लगायतका लक्षण देखिन थालेपछि चिन्तित भएका छन् । जिल्ला कृषि बिकास कार्यलयका अनुसार जिल्लाको उवु तथा रुम्जाटार लगायतका ठाउँमा व्यावसायिक खेती गरिहेका कृषकहरुको सुन्तला तथा जुनारजस्ता फलमा किरा परेर फल कुहिने तथा बोट टुप्पाबाट सुक्दै जाने लगायतका समस्या देखिएको हो । कार्यलयले बोट मर्नबाट रोक्नका लागी निलो तुथो तथा घर पोत्ने चुना मिसाएर बनाईएको बोरोमिस्लो छर्किने काम गरिएको कार्यलयका बरिष्ठ कृषि बिकास अधिकृत कुल प्रसाद अधिकारीले जानकारी दिए । सुन्तलमा लाग्ने किराको रोकथामका लागि बास्नामति झोल बिषाक्त पदार्थसंग मिसाएर सुन्तला तथा जुनारका बोटहरुमा राखिने उनको भनाई छ । देशैभरिका कृषकहरुको साझा समस्या भएकाले यस्तो खालको समस्याको पहिचानका लागी अनुसन्धान भैरहेको बताइएको छ । पोहोरको तुलनामा जिल्लामा सुन्तला खेती गर्ने कृषकको संख्यमा बृद्धि भएको पाइएको अधिकारीले बताए । फल तथा बोटको समस्याले कृषकहरुमा केही सम्स्या देखिएकाले कृषकहरु चिन्तित भएपनि खेती गर्नेको सख्यामा भने बृद्धि भएको पाइएको हो । अहिले जिल्लाका कुल ३ सय हेक्टर क्षेत्रफलमा सुन्तला तथा जुनार खेती भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप