लेस्टरलाई टोटनहमको सन्देश : हामी आउँदै छौं
लण्डन– टोटनहम हटस्पर्सले उत्कृष्ट प्रदर्शन गर्दै स्टोकलाई ४–० ले पराजित गर्दै शीर्ष स्थानमा रहेको लेस्टर सिटीसँगको दुरि ५ अंकमा घटाएको छ । टोटनहमको जीतमा ह्यारी केन र डेले अलीले दुई–दुई गोल गरे । यस सिजन स्पर्सको यो नवौं अवे जीत हो । ३४ खेलपछि स्पर्सको ६८ अंक रहेको छ भने लेस्टरको ७३ अंक रहेको छ । ब्रिटानिया स्टेडियममा आफ्नो टोलीको खेल हेर्न पुगेका स्पर्सका समर्थकहरुले ‘लेस्टर, हामी आउँदैछौं’ भन्ने नारा समेत लगाएका थिए । हिजोको खेलमा स्पर्स हारेको भए आगामी सोमबार लिग जितेको खुसियाली मनाउन सक्थे । तर, टोटनहमले लिगलाई रोचक मोडमा पुर्याएको छ । यस सिजन टोटनहमको उत्कृष्ट अट्याक (६४ गोल) र डिफेन्स (मात्र २५ गोल) रहेको छ । उनीहरु यस सिजन लिग जित्न निकै आशावादी रहेका छन् । उता, वेस्ट ह्यामसँग अंक गुमाएको लेस्टरले भने लिग जित्न आफ्ना बाँकी ४ खेलबाट ८ अंक लिनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण