भार्डीले थप प्रतिबन्ध खेप्नुपर्ने
लण्डन– लेस्टर सिटीका स्टार स्ट्राकर जेमी भार्डीले रेफ्रीमाथि अभद्र व्यवहार देखाएको भन्दै थप प्रतिबन्ध खेप्नुपर्ने भएको छ । २९ वर्षीय भार्डी गत आइतबार वेस्ट ह्यामबिरुद्धको खेलमा रातो कार्ड खाएपछि रेफ्री जन मसमाथि खनिएका थिए । फुटबल एसोसिएसनले भार्डीसहित लेस्टर सिटीलाई समेत आफ्नो खेलाडीलाई नियन्त्रणमा नराखेकोमा जरिवना तिराउने भएको छ । ८३ औं मिनेटमा वेस्ट ह्यामले पेनाल्टी पाएपछि लेस्टरका खेलाडीले विरोध गरेका थिए ।
भार्डी र लेस्टरलाई बिहिबारसम्म पुनरावेदन दिने समय दिइएको छ । लिग उपाधि होडको अग्रस्थानमा रहेको लेस्टरका लागि भार्डीले लिगमा २२ गोल गरेका छन् । रेड कार्डपछि उनले एक खेलमा स्वतः प्रतिबन्ध पाउनेछन् तर एफएले भने थप प्रतिबन्ध गर्ने तयारी गरेको छ ।
यसअघि डिएगो कोस्टालाई यस्तै प्रकृतिको घटनामा थप एक खेलमा प्रतिबन्ध तथा २० हजार पाउण्ड जरिवना गरिएको थियो । उनले मार्च १२ मा एभर्टनविरुद्धको खेलमा रातो कार्ड पाउँदा बिरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण