जुन समुदायको चाडपर्व उसैलाई मात्र बिदा दिने सरकारको तयारी
काठमाडौँ - नेपालमा रहेका जैन धर्मावलम्बीले जैन धर्मका प्रवत्र्तक ‘श्रवण भगवान् महावीर स्वामी’को दुई हजार छ सय १५ जन्म दिवस विविध कार्यक्रम गर्दै मनाएका छन् ।
जन्म दिवसका अवसरमा नेपाल जैन परिषद्, भगवान् जैन निकेतनले आज यहाँ गरेको कार्यक्रमका वक्ताले भगवान् जैनबाट सबैले अहिंसा, संयमता, तर्कसङ्गत लगायत प्रेरणा लिनुपर्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले धार्मिक सहिष्णुतामा जोड दिँदै भने – “शान्ति, सद्भाव, प्रेम मानवतावाद, संस्कृति, समानता र आर्थिक रुपमा समाजिक न्याय नै धर्म हो ।”
उनले एक सय २५ भन्दा बढी जातजाति भएको देशमा सबैलाई बिदा दिँदा काम गर्ने दिनै नरहने हुनाले जुन समुदायको चाडपर्व आउँछ, उसैलाई मात्र बिदा दिने विषय मन्त्रिपरिषद्मा लैजाने जानकारी दिए ।
नेपाली काँग्रेसका नेता रमेश लेखकले लगभग समान समयचक्रमा उस्तै अहिंसावादी दुई व्यक्तित्व जैन र गौतम बुद्ध जन्मिनु पूर्वीय गोलाद्र्धका लागि गर्वको विषय भएको बताए ।
जैन परिषद्का अध्यक्ष पुनम व्यासले सबै जाति जनजातिको चाड पर्वमा राष्ट्रिय बिदा दिए पनि जैन समुदायको पर्वमा नदिइएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण