शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजाका मूर्ति बनाउने पाटनका राजकुमार

मङ्गलबार, ०७ वैशाख २०७३, १३ : ३१
मङ्गलबार, ०७ वैशाख २०७३
विश्वविख्यात मूर्तिकार माइकल एन्जेलोले एक दिन आफूले बनाएको मूर्ति प्रदर्शनी हलमा राखे । एकजना अवलोकनकर्ता निकैबेर मूर्तितर्र्फ टोलाएपछि भने, ‘एन्जेलो तिमीले बनाएको मूर्ति राम्रो छ तर एउटै कुराको मात्रै कमी छ ।’ यति भनेर उनी बाटो लागे । त्यतिखेर एन्जेलोको कलामाथि औँला उठाउने उनी पहिलो व्यक्ति थिए । त्यस कुराले एन्जेलोलाई निकै चिन्तित बनायो । मूर्तिमाथि दिनहुँ गहिरिएर हेर्थे । तर, उनले मूर्तिमा कुनै कमी भेटेनन् । एन्जेलोले ती व्यक्तिलाई धेरै खोजे । एक दिन उनले त्यही व्यक्तिलाई भेटेछन् । एन्जेलोले आफ्नो मूर्तिमा भएको कमजोरी के हो भनेर सोध्न भ्याए । प्राण त्याग्दात्याग्दै त्यही व्यक्तिले भने, ‘तिमीले बनाएको मूर्तिमा प्राणको मात्रै कमी छ ।’

पाटनका मूर्तिकार राजकुमार महर्जनले आफू पाँच कक्षा पढ्दा यो प्रसंग पढेका थिए । एन्जेलोको जीवनमा घटेको प्रसंगबाट प्रभावित उनले मूर्तिकार बन्ने सपना देख्न थाले । सानैदेखि उनका हात चित्र कोर्न सल्बलाइरहन्थे । महर्जन ६ कक्षामा पढ्दाको कुरा हो । सबै साथीका ध्यान शिक्षकतर्फ थियो । उनी अन्तिम बेन्चमा बसिरहेका थिए । उनले हातमा किताब लिएर पढाइरहेका शिक्षकको चित्र हुबहु कोरेछन् । आफूले कोरेको चित्र देखेर उनी आफँै छक्क परे । सँगै बसेका साथीलाई देखाए । त्यही चित्र शिक्षकसमक्ष पुगेछ । शिक्षक पनि दंग परे । सबै साथीले ताली बजाए । शिक्षकले पढाइतिर ध्यान नदिई नानाथरी चित्र कोर्दै बसेको भन्दै कक्षाको समय अवधिभरि महर्जनलाई डेस्कमाथि उभ्याए । सजाय पाइरहँदा पनि उनी हाँसिरहेका थिए । कक्षामा पढाइ भइरहँदा चित्र कोरेकै कारण उनी दिनहुँ शिक्षकबाट कुटाइ खान्थे । तर पनि उनी चित्र कोर्न छाड्दैनथे ।

उनले चित्रकलामाथि देखाएको लगाव कसैले मन पराउँदैनथे । बाबुआमा भन्थे, ‘चित्रले खान दिँदैन । बरु डाक्टर बन ।’

चित्र बनाएर उनी साथीलाई चकित पार्थे । स्कुलका भित्ता–भित्तामा उनले बनाएका चित्र टाँसिएको देख्दा उनलाई हौसला बढ्थ्यो । सरस्वती पूजामा उनले बनाएको सरस्वतीको मूर्तिलाई सबैले पूजा गर्थे । उनले बनाएको भानुभक्तको चित्रमा माल्यार्पण गरेर सालिन्दा असार २९ गते भानुजयन्ती मनाइन्थ्यो । मानवमूर्ति र भगवानमूर्ति बनाउने दुईखालका मूर्तिकार हुन्छन् । भगवानमूर्ति बनाउनेले मानवमूर्ति बनाउन सक्दैनन् । मानवमूर्ति बनाउनेले भगवानमूर्ति । महर्जन भन्छन्, ‘व्यावसायिक मूर्तिकार भएको भए म पनि उस्तै बन्थेँ होला । मूर्ति बनाउनु मेरो पेसा होइन सपना हो । म त दुवै बनाइदिन्छु ।’ संवत् २०५० मा प्रवेशिका परीक्षा दिएपछि भर्नाका लागि उनी ललितकला क्याम्पस पुगे । तर, बाबुआमाले भर्नाका लागि नौ सय रुपैयाँसमेत दिएनन् । उनले चित्रकलामाथि देखाएको लगाव कसैले मन पराउँदैनथे । बाबुआमा भन्थे, ‘चित्रले खान दिँदैन । बरु डाक्टर बन ।’

उनले ६ महिने मूर्तिकला तालिम लिए । तालिम लिन त्यति सजिलो थिएन । तालिमको सुरुवातमा ९५ जना सहभागी थिए । ८० सहभागीले तालिम गर्न नसकेर बीचमै छाडे । महर्जन भने दिनभरिको तालिम सकेर रातको १२ बजेसम्म तिनै मूर्ति भत्काउँदै बनाउँथे ।

बाबुआमाले कचकच गरिरहेपछि इसिजी तालिम लिएर उनले वीर अस्पतालमा काम थाले । काम उनको जागिरमात्रै थियो । इच्छाको काम भने थिएन । काममा हुँदा पनि उनी कम्प्युटरमा बसेर माइकल एन्जेलोले बनाएका मूर्ति हेरिरहन्थे । अस्पतालको काममा उनलाई पटक्कै ध्यान थिएन । उनका हात चित्रै कोर्नमात्र अघि बढिरहन्थ्यो । कार्यालयीय काम सकेर बाहिरिएपछि उनी चित्र कोर्दै बस्थे । जागिर परिवारका लागि खाने उनी आत्मसन्तुष्टिका चित्र कोर्थे । पहिलोपटक ‘लाइभ स्केच’ बनाउँदा आफैँ चकित काठमाडौंको वसन्तपुरमा महोत्सव चलिरहेको थियो । महर्जन पनि महोत्सवमा पुगेका थिए । त्यहाँ लाइभ स्केच बनाइरहेको देखे । मानिस आउँथे, अगाडि बस्थे । ३० मिनेटमै लाइभ स्केच तयार हुन्थ्यो । उनलाई रमाइलो लाग्यो । घुम्न छाडेर उनले लाइभ स्केच बनाउन इच्छा व्यक्त गरे । उनले लाइभ स्केच बनाउने दाइहरूसँग अनुरोध गर्दै भने, ‘दाइ म पनि तपाईंहरूसँग बसेर स्केच बनाउँछु नि ।’ दाइहरूले सोधे– पहिले गरेको छौ यस्तो काम ? मैले छैन भने । उनीहरू बेस्सरी हाँसे । मैले सक्छु कि सक्छु भनेर जिद्दी गरेँ । मैले चित्र त कोरेकै हो तर लाइभ स्केच कहिल्यै बनाएको थिइनँ । मैले अनुरोध गरेपछि दाइहरूले मौका दिए । मानिस अगाडि राखेर तुरुन्तै लाइभ स्केच बनाएँ । मेरो कला देखेर दाइहरू तीनछक परे । साथै म पनि । बनाइएका स्केच हामी बाटोमा सजाएर राख्थ्यौं । ग्राहक तान्न त्यस्तो गरिन्थ्यो । मेरो माग बढ्दै गयो । ग्राहक मकहाँ झुम्मिन्थे । दाइहरू भने नजानिँदापाराले रिस गर्थे ।

अस्पतालको जागिर छाडेर मूर्तिकला तालिम ०६३ मा ज्यापू समाजले निःशुल्क मूर्तिकला तालिम दिने भयो । उनी तालिम लिन उत्सुक भए । घरपरिवारले उनलाई तालिम लिन दिएनन् । मनले मानेन । छँदाखाँदाको जागिर त्यागेर उनले तालिम लिएरै छाडे । घरपरिवारको इच्छाविपरीत मूर्तिकला तालिम लिन थालेपछि दूरी बढ्ने नै भयो । र पनि उनले हिम्मत हारेनन् । उनले ६ महिने मूर्तिकला तालिम लिए । तालिम लिन त्यति सजिलो थिएन । तालिमको सुरुवातमा ९५ जना सहभागी थिए । ८० सहभागीले तालिम गर्न नसकेर बीचमै छाडे । महर्जन भने दिनभरिको तालिम सकेर रातको १२ बजेसम्म तिनै मूर्ति भत्काउँदै बनाउँथे । तालिमले कला दियो काम दिएन तालिम सकिए पनि उनको हातमा काम थिएन । मूर्ति बनाउने काम कतै पाएनन् । आफैँले काम थाल्न लगानी चाहिन्थ्यो । हातमा एक पैसा थिएन । त्यसताका एक केजी माटो किन्न सात रुपैयाँ पथ्र्याे । अर्धकदको एउटा मूर्ति बनाउन ४० केजी माटो, फलामका स्ट्यान्ड किन्ने पैसा जुटाउन नसकेपछि उनी बेरोजगार भए । दुई÷तीन महिना घरमै बसे । परिवारको कचकचले निराश भए । कलामाथि चरम अन्याय काम खोज्नेक्रममा उनले बनिसकेको मूर्तिलाई अन्तिम रूप दिने काम पाए । थोरै आम्दानी हुन्थ्यो । जहान पाल्न पुग्दैनथ्यो । मूर्तिको अन्तिम रूप दिने काम सबैले गर्न सक्दैनथे । मूर्र्तिलाई अन्तिम रूप दिने मानिस को हुन् भनेर उनको खोजी हुन थाल्यो । त्यही समय उनलाई मूर्ति बनाउन सिक्किमबाट ‘अर्डर’ आयो । उनलाई तेन्जिङ शेर्पा र एडमन्ड हिलारीको मूर्ति बनाउने काम दिइयो ।

एकपछि अर्को गर्दै उनले काम पाउँदै गए । उनले भुटानी राजाको मूर्ति बनाउने अवसर पाए । भुटान पुगेरै राजाको मूर्ति बनाए । मिहिनेतको कदर गरियोे । त्यसपछि भने ५० हजार रुपैयाँ लगानीमा आफैँले काम थाले । घरनजिकै खाली जग्गा भाडामा लिएर कारखाना बनाए । अनि थाले एक्लै मूर्ति बनाउन ।

उनले महिना दिन लगाएर तीन फिट उचाइको शेर्पा र हिलारीको मूर्ति बनाए । पारिश्रमिकबापत जीवनमै पहिलोपटक ५० हजार रुपैयाँ हात पारे । यो २०६५ सालको कुरा हो । तीन फिटको मूर्ति नमुना प्रतिमात्रै थियो । उनको कामदेखि प्रभावित भएर उनलाई सिक्किम बोलाइयो । उनले त्यहाँ १२÷१२ फिटका दुई मूर्ति बनाए । मूर्ति तेन्जिङ शेर्पा र एडमन्ड हिलारीकै थियो । दुई मूर्ति बनाएबापत एक लाख रुपैयाँ कमाइ भयो । मूर्ति बनाउने प्रस्ताव ल्याएका बिचौलियाले १५ लाख राखेर आफूलाई १ लाखमात्र दिएको उनले धेरै पछि मात्र थाहा पाए । त्यतिबेला भने आफ्नो कलामाथि चरम अन्याय भएको अनुभूतिमात्रै गरेनन् निकै दुःखी भए । त्यसपछि बिचौलियासँग कामै गर्न छाडिदिए । भुटानी राजाको मूर्तिले आत्मनिर्भर एकपछि अर्को गर्दै उनले काम पाउँदै गए । उनले भुटानी राजाको मूर्ति बनाउने अवसर पाए । भुटान पुगेरै राजाको मूर्ति बनाए । मिहिनेतको कदर गरियोे । त्यसपछि भने ५० हजार रुपैयाँ लगानीमा आफैँले काम थाले । घरनजिकै खाली जग्गा भाडामा लिएर कारखाना बनाए । अनि थाले एक्लै मूर्ति बनाउन ।

नाम र दामविनाको कामले मानसिक रोगी कारखानामा मूर्ति बनाउने धेरै माग आउँथ्यो । उनी माग पूरा गरिदिन्थे । पारिश्रमिकचाहिँ जति दिन्थे त्यति नै थाप्थे । वास्तवमै मूर्तिको अर्डर दिने मानिसलाई पनि उनले कहिल्यै भेट्न चाहेनन् । बिचौलिया भने महर्जनको भेट होला भनेर डराउँथे । मूर्ति बनाउनेभन्दा विचौलिया दिनदिनै धनाढ्य बन्दै गइरहेको उनले चाल पाए । उनले कैयौँ मूर्ति बनाए तर उनको नामचाहिँ आएन । उनले भुटानी राजाको मूर्ति उद्घाटन भएको दिन सम्झे । ६ वर्षपहिलेको कुरा हो । अहिलेसम्म भुटानमा पाँच जना राजा फेरिए । पाँचैजना राजाको मूर्ति महर्जनलाई बनाउन लगाइयो । उनकै अगाडि भुटानीले मूर्ति आफैँले बनाएको भनी घोषणा गरे । उनलाई पैसा थमाएर चुपचाप बस्न भनियो । अर्काको देशमा उनी केही बोलेनन् । भने, ‘त्यतिखेर आफूले जन्माएको बच्चालाई अरूले आफ्नो भनी खोसेर लगेझँै लाग्यो ।’ प्रत्येक मूर्तिसँगै उही र उस्तै प्रकृतिका घटना दोहोरिइरहन्थे । जसकारण उनको मनोबल कमजोर बन्थ्यो । मन लगाएर काम गर्न सक्दैनथे । तर, परिवारको पेट पाल्नकै लागि पनि उनी कामलाई निरन्तरता दिन्थे । आफूद्वारा निर्मित प्रत्येक मूर्तिमा उनी आफ्नो नाम राख्न चाहन्थे । तर, सम्भव हुँदैनथ्यो । पाटनमा यल महोत्सव चलिरहेको थियो । उनले त्यसताका एक किसानको मूर्ति बनाएर प्रदर्शनीमा राखे । महोेत्सव अवलोकनकर्ताले उनको मूर्तितर्फ विशेष ध्यान दिएर हेर्थे । अवलोकनकर्ता भन्थे, ‘यो बनाउने मूर्तिकारलाई त मान्नैपर्छ ।’ उनको नाम पाटनभरि फैलियो । त्यसपछि भने कमजोर हुँदै गएको उनको मनोबल बलियो बन्दै गयो । उनले त्यही मूर्ति ज्यापू समाजको संग्रहालयलाई उपहार दिए । उनले सुनाए, ‘बेचेको भए दुई लाख कमाउँथे । मूर्तिसँगै मेरो नाम जोडिएपछि त्यसलाई ठूलो कमाइ ठानेँ ।’ मूर्तिमा उनको नामसमेत राखिएको छ । त्यसपछि भने उनलाई मूर्ति बनाउन दिनेको ओइरो लाग्न थाल्यो । भूकम्पले लाखौँका मूर्ति क्षति गोरखा भूकम्पले उनका धेरै मूर्ति पूर्ण रूपमा क्षति पुर्यायो । काम सकेर डेलिभर गर्न ठिक्क पारेर राखिएका अर्डरमा बनेका मूर्ति कामै नलाग्ने भए । उनले ती मूर्ति दोहोर्याएर बनाउनपर्यो । उनले दुःखेसो पोखे, ‘उसै त घाटाको व्यापार त्यसमाथि झन् घाटा भयो ।’

स्रोङचोङ गोम्पोको मूर्ति ठडिँदा आफैँ चकित गोरखा भूकम्पलगत्तै उनलाई बैंग्लोरबाट बोलावट भयो । काम त उही थियो मूर्ति बनाउने । स्रोङचोङ गोम्पोको सिमेन्टको मूर्ति बनाउनुपर्ने रहेछ । उनले माटोको मात्रै मूर्ति बनाउँथे । लामाहरूले उनलाई कोसिस गर्न आग्रह गरे । दलाई लामा पनि थिए । उनलाई थाहै थिएन सिमेन्टको काम । माटोका मूर्ति भत्काउँदै बनाउन मिल्थ्यो तर सिमेन्टको एकै सेटिङमा सिध्याउनुपथ्र्यो । उनले महिना दिनमा १२ फिट अग्लो सिमेन्टको मूर्ति ठड्याइदिए । त्यतिबेला उनी आफनो कला देखेर आफैँ छक्क परे । मूर्ति बनाएबापत सात लाख हात पारे पनि नाम उल्लेख नहुँदा उनले फेरि एकपटक चित्त दुखाए । मर्हजन मानव र भगवान मूर्ति बनाउँछन् । सालिक बनाउँछन् । चित्र कोर्छन् । उनले पाल्पामा राखिएको १२ फिटको महादेव मूर्ति बनाए । पूर्वआईजीपी डीबी लामाको मूर्ति बनाए । त्यसलगायत सामान्य मूर्ति र सालिक कति बनाए कति उनलाई हेक्का छैन । उनका कलालाई सबैले पैसासँग तुलना गरे । कलाकार र कलाको नाम छुट्नुहुँदैन भन्ने उनको मान्यता छ । भन्छन्, ‘एउटा कलाकारका लागि उसको कलासँग नाम जोडिएन भने त्योभन्दा पीडा अरू केही हुँदैन । ’ महर्जनको इच्छा उनी ‘हाम्रो अभियान, स्रष्टालाई सम्मान’ भन्ने अभियान चलाउन चाहन्छन् । अमर गुरुङ, महजोडी लगायत अन्य स्रष्टाको मूर्ति बनाएर उनीहरूलाई हस्तान्तरण गर्न चाहने महर्जनको धोको छ । एक्लैले थालेर अभियान पूरा गर्न सम्भव छैन । उनी अरू मूर्तिकार र सरकारको सहयोग चाहन्छन् । ‘मूर्तिकार व्यवसायिकमात्रै छन्,’ उनले भने, ‘मैले कैयौँपटक भनेँ तर कसैले वास्ता गरेनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप