भूकम्पपछिको आशा : ३२ घण्टापछि ३ जनाको जीवितै उद्धार
इक्वेडर – इक्वेडरमा शनिबार गएको भूकम्पको ३२ घण्टापछि तीन जनाको जीवितै उद्धार गरिएको छ । इक्वेडरको मान्टा शहरमा रहेको एउटा सपिङ मलबाट उनीहरुको उद्दार गरिएको हो । टेलिभिजनमा उनीहरुको उद्धारको तस्विर सार्वजनिक भइरहँदा धेरैले दुःखका बीच पनि खुसियाली मनाएका थिए ।
उद्धारकर्ताहरुले मलको छतमा ७० सेन्टिमिटर ठूलो दुलो बनाएर उद्धार गरेका थिए । उनीहरुको उद्धारसँगै सबैले ताली बजाएका थिए । भूकम्पमा परेर हालसम्म ४१३ जनाको निधन भएको सरकारले बताएको छ । शनिबार देशको प्रशान्त महासागरको तटीय क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
७ दशकपछि आएको सबैभन्दा ठूलो भूकम्पमा कम्तिमा २५ सय जना घाइते बनेका छन् । यता, पोर्टोभिजो र पार्डेनालेसमा मृतकहरुको सामूहिक अन्तेष्टि गरिएको छ । यी दुई शहर भूकम्पबाट सबैभन्दा बढी प्रभावित बनेका छन् ।
‘भूकम्पमा मृतयु हुनेको संख्या बढ्न सक्छ,’ राष्ट्रपति राफायल कोरेयाले टेलिभिजनमा गरिएको सम्बोधनमा भने, ‘अझै पनि भगनावशेषमा जीवनको संकेतहरु देखिएका छन् । हामीले त्यसलाई पहिलो प्राथमिकतामा राखेका छौं ।’ उद्धारका लागि १३ हजार ५ सय जनालाई खटाइएको छ ।
हालसम्म इक्वेडरको भूकम्पमा मारिने विदेशीमा एक उत्तरी आयरल्याण्डकी नन, दुई क्यानेडाली र एक अमेरिकी रहेको खुलेको छ । शनिबार दक्षिणी जापानमा आएको भूकम्प र इक्वेडरमा आएको भूकम्पबीच कुनै सम्बन्ध नरहेको वैज्ञानिकहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण