शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिशूलधारी बाबाजीको भेषमा हतियार बोक्ने पक्राउ

मङ्गलबार, ०७ वैशाख २०७३, १३ : ५४
मङ्गलबार, ०७ वैशाख २०७३
लहान - त्रिशूलधारी बाबाजीको भेष धारण गरेका एक व्यक्तिको झोलाबाट सोमबार साँझ सिरहा प्रहरीले दुई थान कटुवा पेस्तोल बरामद गरेको छ । भारतीय नंको मोटरसाइकल पछाडि सवार हातमा त्रिशूल र कमण्डलु बोकेका सिरहा हर्कटी गाविस–१ निवासी ५६ वर्षीय भुटाई सदाय (दास) रसोही गाविस–५ निवासी मोटरसाइकल चालक ४५ वर्षीय हरिगोविन्द यादवका साथबाट दुई थान कटुवा पेस्तोल र उनीहरुले घरमा लुकाइराखेको एक थान इटालेली पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले दुवै जनालाई विशेष सूचनाका आधारमा साँझ ६ बजे सिरहाको औरही धनगढी सडकखण्डस्थित सुखीपुर नगरपालिका–९ दैहिपौडीबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । उनीहरु आठ वर्षदेखि भारतीय बजारबाट हतियार भित्र्याइ सिरहालगायत आसपासका जिल्लामा बिक्री वितरण गर्ने कार्यमा सक्रिय रहेको तथा लागुऔषधको कारोबारमा समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको बताइएको छ । हतियार कारोबारमा संलग्न यादवले कसैले शङ्का नगरोस् भनेर हतियार ओसारपसारका लागि त्रिशूलधारी बाबाको प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप