शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोहलीको दुई नयाँ किर्तिमान

मङ्गलबार, ०७ वैशाख २०७३, १४ : ०२
मङ्गलबार, ०७ वैशाख २०७३

बैंग्लुरु – रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले आफ्नो नाममा दुई नयाँ रेकर्ड बनाएका छन् । दिल्ली डेरडेभिल्स विरुद्ध उनले ४८ बलमा ७९ रनको आक्रामक इनिंग्स् खेले । विराटले खेलमा ५ रन बनाउना साथ यस चिनास्वामी रंगशालामा सर्वाधिक रन बनाउने किर्र्तिमान आफ्नो नाममा लेखाए । ७९ रनसँगै विराटले यस रंगशालामा सर्वाधिक १६ सय ५३ रन बनाएका छन् । यसअघि क्रिस गेलको नाममा यस रंगशालामा सर्वाधिक रन बनाउने किर्तिमान थियो । गेलले यस रंगशालामा अहिलेसम्म १५ सय ७४ रन बनाएका छन् । विराटले टी–२० मा कुनै पनि मैदानमा सर्वाधिक रन बनाउने किर्तिमान समेत आफनो नाममा लेखाए । यसअघि इग्ल्याण्डका अलराउन्डर समित पटेलले टेन्ट ब्रिज मैदानमा १५९५ रन बनाएका थिए । अब विराट उनीभन्दा अघि छन् । गेलको फर्मलाई लिएर हैरान छैनन् कोहली कप्तान कोहली टोलीका स्टार खेलाडी क्रिस गेलको प्रदर्शनलाई लिएर चिन्तित छैनन् । उनले जमैकन स्टार गेल कुनै पनि समय लयमा फर्कन सक्ने बताएका छन् । गेलले रोयल च्यालेन्जर्स बैग्लोरका लागि जारी सिजनमा दुई खेलमा नराम्रो खेले । उनले एक खेलमा एक र अर्को खेलमा शुन्य रन बनाए । यसअघि टी–२० विश्वकपमा पनि पछिल्ला ३ खेलमा गेलको प्रदर्शन बिर्सनलायक थियो । तर कोहलीले दिल्ली डेरडेभिल्ससँग आफ्नो टोली पराजित भएपनि प्रतियोगितामा कुनै पनि खेलमा गेल लयमा फर्कन सक्ने बताए । उनले भनेका छन्, ‘जब हामीलाई आवश्यकता पर्छ । त्यतिबेला गेलले सेन्चुरी लगाउनेछन् । म गेललाई लिएर यसकारण पनि चिन्तित छैन किनकी टोलीका अन्य खेलाडीले पनि राम्रो खेलेका छन् । क्रिकेट मौका हासिल गर्ने खेल हो ।’ उनले गेल निकै उत्कृष्ट खेलाडी रहेको भन्दै प्रशांशा गरेका छन् । ‘गेलले आफ्नो टी–२० करियरमा बनाएका १७ शतक मजाक होइन,’ कोहलीले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप