२४ वर्षीया युवतीको जिन्दगी : ड्रग्स, जेल, बच्चा अनि...
काठमाडौं– नदीपुर पोखराकी नलिना गुरुङ (नाम परिवर्तन) २४ वर्षकी भइन् । आठ महिनाकी छोरी साथमा लिएर बन्दी सहायता केन्द्रले व्यवस्था गरिदिएको आश्रयस्थलमा दिन बिताइरहेकी नलिना भन्छिन्, ‘जीवनमा कुनै सपना बाँकी छैनन् । बाँकी जीवन छोरी एन्जेलका लागि हुनेछ ।’ गहुँगोरो वर्णकी उनको उज्यालो अनुहारमा गाढा दुःखले डेरा जमाएको छ । उनलाई हिजोआज धेरै बोल्न मन लाग्दैन । अपरिचित मान्छेसँग उनी खुलेर बोल्न सक्दिनन् । उनलाई पाल्पा कारागारमा कैद भुक्तान गरिरहेकै बेला प्रसूति व्यथा लागेपछि ड्युटीमा रहेका महिला प्रहरीले प्रवास अस्पतालमा पुर्याएका थिए । गत भदौ ५ गते उनले त्यहीँ अस्पतालमा छोरीलाई जन्म दिइन् । नलिनाले आफ्नो जीवनमा आशाको किरण लिएर आएकी छोरीको नाम राखेकी छन्– एञ्जेल । जीवनबाट निराश उनको जीवनमा छोरी साँच्चिकै एञ्जेल बनेर आएकी थिइन् । तर, उनकी एञ्जेल अहिले मुटुको बिरामी छिन् । आठ महिनाकी भइन् तर जम्मा साढे पाँच किलोमात्र तौल छ । बस्न र बामे सर्न सक्दिनन् । ‘जेलमा सायद स्याहार पुगेन कि ?’ उनको आमा मनले अपराधबोध गरिरहन्छ ।
सुरुमा निमोनिया भयो । उपचार गर्न जाने बेला मुटुको बिरामी भएको थाहा भयो । एञ्जेलको शरीर नीलो हुँदै गयो भने शल्यक्रिया गर्नुपर्छ र जीवनभरि औषधि सेवन गर्नुपर्छ भनेर डाक्टरले भनेका छन् । कुन दिन नानुको शरीर नीलो हुने हो भनेर उनी मनमनै भयभीत छिन् । जसरी भए पनि एञ्जेलको उपचार गर्ने र उसलाई सक्षम मान्छे बनाउने नलिनाको सपना छ । को हुन् नलिना ? उनी पोखराको एउटा सम्भ्रान्त परिवारमा जन्मिएकी थिइन् । आफ्ना बुवाआमाकी एक्ली सन्तान उनी पाँच वर्षकी हुँदै गर्दा उनकी आमा र बुवाको सम्बन्धविछोड भयो । आमाले अर्को बिहे गरिन् । उनको दोस्रो बुवा ब्रिटिश आर्मीमा सिपाही थिए, जसले जहिले पनि उनलाई पिताको न्यानो माया दिइरहे । उनको एक भाइ जन्म्यो । भाइ र उनका लाहुरे बुवाले कहिल्यै फरक व्यवहार गरेको उनलाई सम्झना छैन ।
ड्रग्स लिनका लागि २०७१ को चैते १ गते सुनौली गएको समयमा भैरहवाको प्रहरीले उनलाई गिरफ्तार गरी पाल्पा कारागार चलान गरिदियो । गिरफ्तार हुँदा उनी चार महिनाकी गर्भवती थिइन् ।
राम्रो पढेर नर्स बन्ने र बिरामीको सेवा गर्ने उद्देश्य लिएर स्कुल धाइरहेकी उनको जीवनमा त्यतिखेर बे्रक लाग्यो, जतिबेला उनले साथीहरूको लहैलहैमा लागेर ब्राउन सुगर लिन थालिन् । कक्षा ११ पढ्दै गर्दा उनलाई ड्रग्सको लत लाग्यो । ड्रग्स खान नपाए छटपटी हुन थाल्यो । कसरी पुगिन् जेल ? ड्रग्स लिनका लागि २०७१ को चैते १ गते सुनौली गएको समयमा भैरहवाको प्रहरीले उनलाई गिरफ्तार गरी पाल्पा कारागार चलान गरिदियो । गिरफ्तार हुँदा उनी चार महिनाकी गर्भवती थिइन् । १० कक्षा पढ्दै गर्दा समकक्षी नवीन गुरुङ (नाम परिवर्तन) सँग उनले प्रेम विवाह गरेकी थिइन् । उनलाई घरतर्फ त केही रोकतोक भएन तर माइती पक्षले विवाह स्वीकारेनन् । र, अझैसम्म पनि उनी माइत गएकी छैनन् । उनका श्रीमान् वैदेशिक रोजगारी सिलसिलामा दुबई छन् । जेल परेपछि नलिनाले श्रीमान्लाई फोन सम्पर्क गर्न खोजिन् तर श्रीमानले बेवास्ता गरे । बुवाआमाले पनि बेवास्ता गरेपछि उनी निराश भइन् । वर्ष दिन भयो उनको घरपरिवार, श्रीमान्सँग बेखबर रहेको । आफूले प्रयोग गर्न लिएको ब्राउन सुगरसहित गिरफ्तार भएकी उनी लागूपदार्थ पिएको आरोपमा जेल परिन् । उनले आठ महिना कैद र १२ हजार जरिवाना तिर्नुपर्ने थियो तर उनीसँग अदालतलाई तिर्न एक रुपैयाँ पनि थिएन । आफन्त र श्रीमान्ले त उनलाई भेट्न पनि अस्वीकार गरे । उनी आठ महिना जेल बसेर कैद भुक्तान त गरिन् तर जरिवाना तिर्न नसकेपछि अझै वर्ष दिन जेल बस्नुपर्ने भयो । उनका लागि रुपैयाँ तिरिदिन कोही तयार थिएनन् । जेल प्रशासनले कैदी बन्दीलाई दिने २५ रुपैयाँको हिसाबले १२ हजार पुर्याउन नलिनालाई अझै ४ सय ८० दिन जेल बस्नुपर्ने थियो ।
अब के गर्ने त ? उनीसँग खास केही योजना छैन । अब छुटेको पढाइ अगाडि बढाउने हिम्मत पनि छैन । ‘अहिले त नानी पनि सानी छ, उसलाई हुर्काएर केही काम गर्ने मन छ । जे सक्छु त्यही काम गर्छु । तर, घर फर्केर जान्न ।’ उनको अठोट छ, ‘व्युटिसियन तालिम लिएर पार्लर खोल्ने विचारमा छु ।’
कसरी भइन् जेलमुक्त ? यसैबीच सामान्य मुद्दामा धरौटी वा जरिवाना तिर्न नसकेका र गरिब तथा न्यून आय भएकालाई कारागारमुक्त हुन सहयोग गर्ने उद्देश्यले गठित हिडेन लाइफ फाउन्डेसनसँग उनको सम्पर्क भयो । उनले तिर्नुपर्ने १२ हजार रुपैयाँ फाउन्डेसनले तिरिदिएपछि अन्ततः गत चैत ३० गते उनी एञ्जेललाई लिएर बन्दी सहायता केन्द्रको आश्रयमा आइपुगेकी हुन् । नलिनाले जेलबाट बाहिर निस्किने आशा मारिसकेकी थिइन् । निस्केर कहाँ जाने ? के गर्ने उनीसँग पुग्ने गन्तव्य थिएन । आफ्ना भन्नेले उनलाई अप्ठ्यारो परेको बेला एक्लै पारेका थिए । जीवनभरि साथ दिने वाचा गरेका श्रीमान्ले पनि संकटका बेल बेवास्ता गरेका थिए । अहिले उनी एञ्जेलको स्याहार गरेर आश्रयस्थलमा बसिरहेकी छन् । उसो त उनले जेलमुक्त भएपछि घरपरिवारलाई सम्पर्क गर्न नखोजेकी होइनन् । तर, सम्पर्क हुन सकेको छैन । उनको नर्स बन्ने सपना अलपत्र परेको छ । अब के गर्ने त ? उनीसँग खास केही योजना छैन । अब छुटेको पढाइ अगाडि बढाउने हिम्मत पनि छैन । ‘अहिले त नानी पनि सानी छ, उसलाई हुर्काएर केही काम गर्ने मन छ । जे सक्छु त्यही काम गर्छु । तर, घर फर्केर जान्न ।’ उनको अठोट छ, ‘व्युटिसियन तालिम लिएर पार्लर खोल्ने विचारमा छु ।’ साथीहरूको लहैलहैमा ड्रग्स खानेलाई उनको सुझाव छ, ‘यो भनेको केही क्षणको रमाइलोका लागि मात्र हो । त्यसैले प्रयोग नगर्नुस् ।’ के हो हिडेन लाइफ फाउन्डेसन ? कारागारमा परेका अति न्यून आय भएका र सामान्य बिगो, धरौती, जरिवाना आदि राख्न नसकी कारागार बस्न बाध्य व्यक्तिको पहिचान गरी तिनलाई सहयोग गरेर जेलमुक्त गर्ने र समाजमा पुनःस्थापना गर्न सहयोग गर्ने÷गराउने उद्देश्यकसाथ हिडेन लाइफ फाउन्डेसन सञ्चालनमा आएको अध्यक्ष विवेक उपाध्याय बताउँछन् । सञ्चालनमा आएको दुई महिनामै सात बन्दीलाई जेलमुक्त गरी स्वाबलम्बनसाथ समाजमा पुनःस्थापना गरिसकेको र १२ जनाका लागि प्रक्रिया अगाडि बढिरहेकोे उपाध्यायले बताए । हाम्रो समाजमा जेल परेका मानिस भन्नबित्तिकै नाक खुम्च्याउने गरिन्छ । उनीहरूका पनि त आफ्नै कथाव्याथा हुन्छन् । जेल पर्नबित्तिकै उसको जीवनको अन्त्य हुँदैन बरु नयाँ संघर्षको शुरुवात हुन्छ । थोरै रकम तिर्न नसकेर जेलमै खुम्चिन बाध्य भएकालाई सहयोग गर्ने मनसायले हिडेन लाइफ फाउन्डेसन खोलिएको उपाध्यक्ष करुणा पुडासैनी बताउँछिन् । ‘जेलबाहिरका मानिसले जेलभित्रकाको पीडा बुझिदिऊन् भन्ने हाम्रो उद्देश्य हो,’ विवेक सुनाउँछन् । जेलबाहिरका मानिसले महिनामा कम्तीमा १० हजार कमाउन सक्छ भने भित्रको मान्छेले पनि कम्तीमा मासिक पाँच हजार आम्दानी गर्न पाउनुपर्ने उनको तर्क छ । यसरी सानो रकम तिर्न नसकेर वर्षौंसम्म जेलभित्रै बस्न बाध्य कैदीबन्दीलाई बाहिर निकाल्ने काममा नेपाल प्रहरी, कारागार विभाग र जेलर सबैले आफूहरूलाई सहयोग गरिरहेको उपाध्याय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण