शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आत्महत्याअघि गर्भवति थिइन् प्रत्युसा

मङ्गलबार, ०७ वैशाख २०७३, १४ : ४०
मङ्गलबार, ०७ वैशाख २०७३

मुम्बई – भारतीय टेलिभिजन नायिका प्रत्युसा बेनर्जीको आत्महत्या प्रकरणले एकपछि अर्को नयाँ मोड लिइरहेको छ । अहिले जेजे अस्पतालको रिर्पोटबाट बेनर्जी गर्भवती भएको प्रमाणित भएको छ । डाक्टरका अनुसार बालिका बधू सिरियलमा आनन्दीको अभिनय गर्ने यि २४ वर्षकी अभिनेत्रीले १ अप्रिलमा आत्महत्या गर्नुभन्दा एक दिनअघि गर्भपतन गराएकी थिइन् । तर, उनको मृत्युपछि उनी गर्भवती रहेको समाचार फैलिएको थियो ।

जेजे अस्पतालमा प्रत्यूषाको पाठेघरका कोषहरुलाई हिस्टोपैथोलोकिल परिक्षण गरिएको थियो । यसपछि यस्तो नतिजा देखियो । एक अंग्रेजी अखबारका अनुसार उनी केही दिन वा महिना दिनकी गर्भवती थिइन् । पाठेघरमा सेकेन्डरी इन्फेक्शन तथा चोट देखिएको छ । डाक्टरहरुका अनुसार गर्भपतन गराउँदा यस्तो समस्या देखिन्छ । उनीहरुले गर्भपतन गराएपछि प्रत्यूषाले आत्महत्या गरेको बताएका छन् ।

कसरी बाहिर आयो गर्भवती भएको खबर ? फोरेन्सिक सर्जन्सले प्रत्यूषाको पाठेघरमा सेतो रंगको गाडा पदार्थ भेटेका थिए । यसले गर्भवती हुनुको सुरुआती चरणको संकेत गर्छ । प्रहरीका सर्जन डाक्टर एसएम पटिलले केही दिनअघि परिक्षणका लागि उक्त पर्दाथ पठाइएको भन्दै त्यसपछि उनको गर्भका सम्बन्धमा निष्कर्ष निस्कने बताएका थिए । को थिए बच्चाका बाबु ? विशेषज्ञका अनुसार नजन्मिएका यि बच्चाका बाबु पत्ता लगाउन पुलिसलाई सबैभन्दा गाह्रो हुनेछ । टिश्यू नभएका कारण डिएनए टेस्ट गर्नु चुनौतीपूर्ण रहेको विशेषज्ञहरुले बताएका छन् । प्रत्यूषा आफ्ना प्रेमी राहुल राज सिंहसँग लामो समय सम्बन्धमा थिइन् । प्रत्यूषाको लाश पंखामा झुण्डिएको अवस्थामा जून कोठामा भेटिएको थियो, त्यही कोठामा उनीहरु लामो समय एकसाथ बसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप