शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अग्नि–पथको सिक्वेल अग्नि–पथ २ निर्माण हुने

बुधबार, ०८ वैशाख २०७३, ०८ : ४४
बुधबार, ०८ वैशाख २०७३

काठमाडौं–प्रदर्शन भएर धेरै चलचित्र भवनमा १०० दिनसम्म चल्न सफल सुपरहिट चलचित्र अग्नि–पथ को सिक्वेल अग्नि–पथ २ निर्माण हुने भएको छ । अग्नि–पथको निर्देशक सोभित बस्नेतको निर्देशनमा बन्न लागेको अग्नि–पथ २ लाई सलोन फिल्म्सको ब्यानरमा निर्माण गर्न लागेको हो ।

चलचित्रमा पुरानै कलाकार राखेर निर्माण गरिने भएपनि नायिका भने नयाँ अनुहार देखिने छिन् । यसअघि निखिल उप्रेती, विराज भट्टको अभिनय रहेको अग्नि–पथको यस सिक्वेलमा निखिल उप्रेतीको अभिनय रहने सम्भावना रहेको छ भने विराजको बारेमा भने निर्माण युनिटले केहि जानकारी दिएको छैन् ।

चलचित्र अग्नि–पथबाट अभिनेता विराज भट्ट नेपाली रजतपटमा आएका थिए । कथा र गीत संगीतको काम भैरहेको यस चलचित्रलाई पोखरा र जोमसोममा छायांकन गरिने भएको छ । असारमा छायांकनमा जाने यस चलचित्रमा संगीत टंक बुढाथोकीको रहनेछ भने एक्शन एनबि महर्जन र नृत्य रामजी लामिछानेको रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप