शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

डिएसपीको नेतृत्वमा अफिम खेती नष्ट : लाख कमाउन पल्केकाहरुको सपना चकनाचुर

शुक्रबार, १० वैशाख २०७३, ०८ : ३१
शुक्रबार, १० वैशाख २०७३

जाजरकोट – यहाँको एक दुर्गम गाउँमा लुकाइछिपाई गरिएको अफिम खेती प्रहरीले नष्ट गरेको छ ।

प्रहरी नायव उपरिक्षक दान बहादुर मल्लको नेतृत्वमा खटिएको प्रहरी टोलीले खगेनकोट गाविस वडा नम्बर–८ को झाँक्रीकोटमा लगाएको अफिम खेती वडा नम्बर–९ को मसिरी, भरगाउँमा गरी भारी मात्रामा लगाएको अफिम खेत्ती नष्ट गरिएको छ ।

सयौं रोपनीमा लगाएको अफिम खेती नष्ट गर्ने क्रम जारी रहेको छ । दुर्गम गाउँमा लागु औषध अफिम खेती गरी लाख कमाउन पल्केकाहरुको सपना बिथोलिएको छ । जिल्लाको पुर्वी क्षेत्रमा लगाएको लागुऔषध अफिम खेती नष्ट गर्ने क्रम जारी रहेको छ ।

लागु पर्दाथ ओसार–पसार तथा उत्पादन नगर्न प्रहरीले एक महिनासम्म जनचेतना मुलक कायक्रम गरी सम्झाईबुझाई गरेपनि अटेर गर्ने स्थानीयको लागुपर्दाथ नष्ट गर्ने अभियान थालिएको छ । पटक–पटक यहाँका स्थानीयलाई आफूले लगाएको लागुऔषध नष्ट गर्न आग्रह गर्दा नमानेपछि नष्ट गरिएको प्रहरी प्रमुख दानवहादुर मल्लले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप