शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आतङ्कवादविरोधी अभियानमा खाडी मुलुकहरुको थप सहयोग आवश्यक : ओबामा

शुक्रबार, १० वैशाख २०७३, ०९ : १३
शुक्रबार, १० वैशाख २०७३

साउदी अरब– अमेरिकी राष्ट्रपति बाराक ओबामाले साउदी अरबमा खाडी मुलुक राष्ट्र प्रमुखलगायतका नेतालाई बिहीबार भेटेका छन् ।

अमेरिका र खाडी मुलुक तेलको मूल्यमा भएको गिरावटलाई उकास्न सँगसँगै काम गर्ने र तेलको मूल्यमा आएको गिरावटबाट परेका असरलाई विस्तारै कम गर्दै जाने अमेरिकी राष्ट्रपति ओबामाले रियादमा खाडी मुलुकका नेतासँगको भेटमा बताएका छन् ।

अमेरिका र खाडी राष्ट्रहरुले छिट्टै आर्थिक विषयमा उच्चस्तरीय वार्ता गर्ने र यसले तेलको मूल्यमा देखिएको कमीलाई समायोजन गरी अमेरिकाको खाडी मुलुकसँगको ऐतिहासिक सम्बन्धलाई थप बलियो पार्ने कार्य गर्नेछन्, ओबामाले बताए ।

खाडी मुलुकको विकासका लागि अमेरिका सधैँ सहयोगी रहनेसमेत राष्ट्रपति ओबामाको जोड थियो ।

भेटका क्रममा उनले इस्लामिक स्टेट समूहविरुद्धको लडाइँमा साउदी अरबलगायत अन्य खाडी मुलुकले पु¥याउँदै आएको सहयोगमा थप गरी आईएसविरुद्धको अभियानलाई मद्दत गर्न आग्रह गरेको अमेरिकी राष्ट्रपति ओबामाका निकट सहयोगी वेन रोडेजले बताए ।

इरानलाई परमाणु गतिविधि नियन्त्रण गर्ने प्रयास स्वरुप लगाइएको नाकाबन्दीलाई इरान र विश्व शक्ति राष्ट्रबीच भएको परमाणु सम्झौतापछि रुष्ट देखिएका खाडी राष्ट्रका नेताहरुसँगको भेटमा राष्ट्रपति ओबामाले आतङ्कवादविरोधी अभियानमा पुराना सहयोगी साउदी अरबलगायतका खाडी मुलुकको सहयोगको प्रशंसा गरेका थिए ।

राष्ट्रपति ओबामा र साउदी राजा सलमानबीच भएको करिब दुई घण्टा लामो वार्तालाप खुला भएको ओबामाका सहयोगी रोडेसले बताए ।

अमेरिकी राष्ट्रपतिले विशेष विषयलाई खासै नउठाए पनि ब्लगरहरुलाई दिइएको सजाय बारेमा भने चर्चा गर्नुभएको रोडेसले बताए ।

सन् २०१२ मा साउदी ब्लगर राइफ बादाबीको पक्राउ र उनलाई एक हजार कोर्रा र १० वर्षको जेल सजायले विश्वव्यापीरुपमा चर्चा पाएको बताउँदै यसबारे चासो व्यक्त गरेका थिए ।

यसैबीच साउदी अरबका राजकुमार तथा पूर्व गुप्तचर प्रमुख टर्की अल फैसलले सीएएनएनलाई भने, अमेरिकी राष्ट्रपति ओबामाको व्यवहार र वचनबद्धतापछि साउदी अरबले अमेरिकामा पहिलोभन्दा व्यापक परिवर्तन आएको बताए ।’

खाडी मुलुक सधैँ अमेरिकामाथि आश्रित नरहने र अमेरिकी नेताहरुले जे भन्यो यसलाई सिधा बुझ्न अब सम्भव नहुने भन्दै दुई देशको सम्बन्ध दुवै देशको फाइदाका लागि हुनुपर्नेमा अल फैसलले जोड दिए ।

ओबामासँगै रियादमा पुग्नुभएका अमेरिकी रक्षामन्त्री एस्टन कार्टरले बुधबारले आफ्ना खाडी मुलुकका समकक्षीसँग आतङ्कवादविरद्धको लडाइँमा अहिलेको भन्दा थप सहयोग पु¥याउन आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप