शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बिहारमा भीषण आगलागी, १३ को मृत्यु, मृतकको संख्या बढ्न सक्ने

शनिबार, ११ वैशाख २०७३, ०८ : २१
शनिबार, ११ वैशाख २०७३

काठमाडौं–बिहारको औरंगावाद जिल्लामा शुक्रबार दिउँसुो तीन बजे आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । आगलागी बिहारको दाउदनगर प्रखंडस्थित तरार गाँउको हरिनगर टोलमा लागेको हो ।

दाउदनगरका एक सरकारी अधिकारी अशोक प्रसालेका अनुसार आगलागीबाट मृतकको संख्यामा बृद्धि हुनसक्ने बताएका छन् ।

सँगै जोडिएका तीन घरमा आगलागी भएको हो । बाहिर निस्कने ढोकाबाट आगो लागेका कारण घर भित्र रहेका मानिस निस्कन पाएका थिएनन् ।

आगलागी भएको घरमा तिलक समहारोहका लागी आएका आफन्त र परिवारजनको जमघट रहेको जनाइएको छ । आगलागीको कारणबारे केही खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप