नियम विपरीत शुल्क असुल्ने प्रधानाध्यापकमाथि कारबाही हुने
कञ्चनपुर– नियम विपरीत शुल्क असुल्ने विद्यालयका प्रधानाध्यापकलाई जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले कारबाही गर्ने भएको छ ।
विद्यालयले विभिन्न नाममा शुल्क उठाउँदै गरेको अभिभावकबाट गुनासो आएपछि जिशिका कञ्चनपुरले नियम विपरीत शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने जनाएको हो ।
“नियम विपरीत रकम असुल गरे त्यस्तो विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्छौं,” जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीले भने – “असुलेको रकम प्रधानाध्यापकको तलब भत्ताबाट कटौती गरी विद्यार्थीलाई भराउँछौँ ।”
सरकारले आधारभूत तह (१ देखि ८) सम्मका सबै छात्रा र १ देखि १० सम्म दलितका समुदायका विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ ।
सामुदायिक विद्यालयले निजी स्रोतका शिक्षकको तलबको जोहो गर्नुपर्नेलगायतका विभिन्न कारण देखाउँदै विद्यार्थीबाट आर्थिक सहयोगका नाममा शुल्क असुल्दै आएका छन् ।
गरिब भूमिहीन एकै घर परिवारबाट ४/५ वटा बच्चालाई भर्ना गर्न आठ/दश हजार लाग्ने र उक्त रकम जोहो गर्न नसक्दा १२/१५ वर्षका विद्यार्थी रोजगारीको लागि भारत पलायन हुँदै गएको स्थानीय अभिभावक भारमल सुनारले बताउनुभयो । “विद्यालयले लिँदै आएको शुल्क तिर्न नसकेर आर्थिक अवस्था कमजोर भएका अभिभावकले छोरीलाई कलिलै उमेरमा विवाह गरिदिने गरेका छन्” – उनले भने ।
“दलित विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको सुनेका छौँ,” पुनर्वास नगरपालिका–८ का दुर्गा उमाविमा कक्षा १० मा पढ्दै आएकी पूर्णिमा नेपालीले भनिन् – “गत साल कक्षा ९ मा भर्ना गर्दा विद्यालयलाई रु दुई हजार ३०० तिरिए पनि अहिले कक्षा १० मा भर्ना हुन जाँदा पैसा ल्याउनू अनि मात्रै भर्ना हुन्छ भन्दैछन् । पैसा तिर्न नसकेर विद्यालय पढ्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण