शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सिख नेताको हत्या

शनिबार, ११ वैशाख २०७३, ०८ : ५६
शनिबार, ११ वैशाख २०७३

काठमाडौं– अज्ञात समूहले पाकिस्तानी मुख्यमन्त्रीका सल्लाहकार सरदार सूरन सिंहको हत्या गरेका छन् ।

शुक्रबार साँझको समयमा पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा सिंह बुरेन शहरमा रहेको आफ्नो घर जाँदै थिए, त्यही बेला उनीमाथि गोली प्रहार भएको हो ।

पाकिस्तानी प्रहरीका अनुसार सिंहको टाउकोमा गोली लागेर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । प्रहरीले उक्त इलाकालाई घेराबन्दी गरेको छ ।

प्रहरीले सिंहको हत्यामा संलग्न भनेर टारगेट किलिंगलाई शंका गरेको छ ।

उनी प्रान्तीय विधानसभा सदस्य पनि हुन् । अल्पसंख्यक मामिलामा मुख्यमन्त्रीका सल्लाहकार पनि थिए । उनी सिख समुदायका महत्वपूर्ण व्यक्ति थिए । उनी पेशाले डाक्टर समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप