मदिराको होर्डिङ बोर्ड पूर्णरुपमा हटाइने
जिरी– दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीलाई व्यवस्थित बनाउन बजार क्षेत्रमा राखिएको सबै ठूला होर्डिङ बोर्ड हटाइने भएको छ ।
इलाका प्रहरी कार्यालय जिरीले आयोजना गरेको एक कार्यक्रममा प्रहरी निरीक्षक राजेशकुमार कार्कीले जिरी बजार अव्यवस्थित बन्दै गएकाले विज्ञापनका लागि राखिएका सबै होर्डिङ बोर्ड हटाइन लागेको बताए ।
इलाका प्रहरी कार्यालय जिरीको प्रमुखका रुपमा आएका प्रहरी निरीक्षक राजेशकुमार कार्कीले जिरीमा आफू आएदेखि पहिलो समस्याका रुपमा मदिरा देखिएको र यो समस्यालाई काबुमा राख्न सर्वसाधारणको समेत सहयोग आवश्यक पर्ने बताए ।
मदिरा समस्या समाधानका लागि पहिलो चरणमा मदिराका होर्डिङ बोर्ड हटाइने र यस सम्बन्धमा चेतनामूलक कार्यक्रम गरिने उनको भनाइ थियो ।
मदिरासँगै जिरीमा केही युवाले लागुपदार्थको समेत सेवन गर्ने गरेका पाइएकाले यसलाई पूर्णरुपमा निस्तेज पार्न पनि प्रहरी प्रशासन लागिपर्ने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण