शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

वृद्धद्वारा तुलादानको रकम आँखा अस्पताललाई

शनिबार, ११ वैशाख २०७३, ०९ : ४८
शनिबार, ११ वैशाख २०७३

पाल्पा– कालीगण्डकी आँखा अस्पताल रामपुर पाल्पाका लागि चापाकोट स्याङ्जाका वृद्ध समाजसेवी नारायण भट्टराई तुलादानबापतको रकम सहयोग गरेका छन् ।

चौरासी वर्षीय वृद्ध समाजसेवी भट्टराईले आफूले प्राप्त गरेको तुलादानबापतको  २२ हजार दुई आँखा अस्पताललाई सहयोग गरेका हुन् ।

“आँखा नै जीवनदान भएको हुँदा यस क्षेत्रका आँखाका बिरामीलाई सहज सेवा दिन आफूले तुलादानबापतको रकम सहयोग गरेको हुँ” – भट्टराईले भने ।

वृद्ध भट्टराई विभिन्न विद्यालयको व्यवस्थापन समिति, सामुदायिक वनको अध्यक्ष, सङ्घ संस्थामा आबद्ध रहेर समाजमा काम गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप