एक शताब्दी पुरानो सुन्दर फरपिङ पावर हाउस (फोटोफिचर)
काठमाडौं – यदि तपाईं आफ्नो व्यस्त जीवनबाट छोटो बे्रक लिई काठमाँडौ वरपर घुम्नका लागि नयाँ ठाउँको खोजीमा हुनुहुन्छ भने राजधानीबाट लगभग १५ किमी को यात्रा गरी पुग्न सकिने फरपिङ हाइड्रोपावर एउटा नयाँ गन्तव्य बन्न सक्छ ।
फरपिङ चोक आइनपुग्दै बायाँबाट एउटा साँघुरो बाटोबाट करिब आधा घण्टाको हिडाइँमा फरपिङ हाइड्रोपावर पुगिन्छ । यो नेपालको पहिलो जलविद्युत आयोजना हुनुका साथसाथै एसियाकै दोस्रो पावर हाउस पनि हो ।
यस आयोजनाको स्थापना वि.सं १९११ चन्द« शमशेरले गरेका थिए भने सोही सालमा तत्कालीन राजा पृथ्वी बीर बिक्रम शाह देवले टुँडिखेलबाट लाइटको स्विच अन गरेर गरेका थिए पछि नेपाल सरकारले सन् २०१० मा यस पावर हाउसलाई “लिभिङ म्युजियम” घोषणा गरी सर्वसाधारणलाई खुल्ला गरिएको हो ।
राजधानीबाट अलि टाढा भएपनि आजभोलि फरपिङ हाइड्रोपावरमा घुम्न जाने मानिसहरुको संङ्ख्या बढ्दो छ, शान्त वातावरण र बुङ्गमती खोकनाको सुन्दर दृश्यावलोकनले त्यहाँ जाने जो सुकैको पनि मन लोभाउने गर्दछ । मौसम सफा भएको खण्डमा त्यहाँबाट गणेश र लाङटाङ हिमाल पनि देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण