शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकामा ८ जनाले ज्यान गुमाए

शनिबार, ११ वैशाख २०७३, १८ : ११
शनिबार, ११ वैशाख २०७३

अमेरिका–अमेरिकाको ओहियो प्रान्तस्थित दुगर्म क्षेत्रमा भएको शृंखलाबद्ध आक्रमणमा कम्तिमा पनि ८ व्यक्तिले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये ७ वयस्क र बाँकी एक टिनएजर रहेको बताइएको छ । ज्यान गुमाउने सबै एकै परिवारमा हुन् । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।

ज्यान गुमाउने सबैको टाउकोमा गोली प्रहार गरिएको छ । कोलम्बसबाट दक्षिणतर्फ रहेको पिकटोनमा यस्तो आपराधिक घटना घटेपछि दर्जनौं प्रहरी अधिकृत तथा क्राइम एजेन्सीलाई त्यसतर्फ खटाइएको छ । घटनाका एक प्रत्यक्षदर्शीले घरेलु समस्याका कारण घटना घटेको हुनसक्ने बताए ।

मृतक सबै रोडन परिवारका हुन् । प्रहरीले केही व्यक्तिलाई सुतिरहेको अवस्थामा गोली दागिएको बताएको छ । घटनापछि तीन बालबच्चा बाँचेका छन् । १६ वर्षका एक किशोरको भने हत्या भएको छ । ओहियोका गर्भनर जोन काशिचले घटनामा जिम्मेवारलाई पक्राउ गरेर सजाय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भनेका छन् –‘हामी उनलाई पत्ता लगाउनेछौं, समात्नेछौ र कानूनी कारबाही गर्नेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप