दृष्टिविहीन सिईओ जसले हाँक्छन् ५० करोडको कम्पनी
नयाँदिल्ली–२३ वर्षको उमेरमा भारतीय व्यवसायी श्रीकान्त बोला एक कम्पनीको सिईओ नियुक्त भएका छन् । यस कम्पनीको मुल्य ५० करोड भारु छ । अचम्मको कुरा के छ भने उनी जन्मजात अन्धो हुन् । श्रीकान्त दुवै आखाँ बिना नै जन्मिएर पनि यति धेरै उपलब्धि हात पार्न पाउँदा आफूलाई संसारकै भाग्यमानी व्यक्ति सम्झन्छन् ।
बाबुआमाले सधैँ आफ्नो काममा सहयोग गरेका कारण सफलता हात लागेको उनको बुझाई छ । अन्धो बच्चा जन्मिएपछि श्रीकान्तका बाबु–आमालाई बाल्यकालमै बच्चा मारिदिन धेरै साथीभाई तथा आफन्तले सुझाएका थिए किनकि बाबुआमाको आम्दानी राम्रो थिएन ।
वार्षिक २० हजार भारु कमाउने उनका गरिब आमा–बाबुले श्रीकान्तलाई हुर्काएनन् मात्रै बरु धेरै माया गरेर आजको ठाउँसम्म ल्याउन भूमिका खेले । श्रीकान्त भन्छन्–‘मैले चिनेका संसारकै धनी मानिसहरु हुन् । मेरा आमा–बुबा ।’ श्रीकान्त अहिले बोलान्ट उद्योगका सिईओ हुन् । हैदरावादमा रहेको यस कम्पनीले आफ्नो सामाग्रीहरु शारिरीक रुपमा अपाङ रहेका व्यक्तिहरुकै श्रमबाट निमार्ण गर्छ । दक्षिण भारतको आन्द्र प्रदेश, तेलाङगना र कर्नाटकमा यसका छुट्टाछुट्टै कारखाना छन् ।
यस कम्पनीको सिईओ बन्दासम्म श्रीकान्तले थुप्रै चुनौतीहरु पार गर्नुपर्यो । उनले अन्धो भएकै कारण गाउँको स्कुलमा भर्ना पाएनन् । त्यसपछि उनी विशेष बालबालिकाहरुका लागि तयार पारिएको विद्यालयमा पुगे र त्यहाँ उनले पढाईमा अब्बल नतिजा हात पार्नुका साथै क्रिकेट र चेस खेल्न सिके ।
इन्ट्रान्स टेस्टमा राम्रो नतिजा ल्याएर पनि उनी अन्धो भएका कारण आईटी विश्वविद्यालयमा भर्ना हुनबाट बन्चित भए । तर उनले हरेश खाएनन् र मोरिसियसबाट टेक्नोलोजीमा ग्या्रजूयट गरे । त्यसपछि भारत आएका श्रीकान्तले संघर्ष गर्दै कम्पनीको सिईओसम्म बन्ने मौका पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण