लण्डनको रेस्टुरेन्टमा खानका लागि १५ हजार लाईनमा
लण्डन–लण्डनमा अहिले एउटा रेस्टुरेन्ट निकै चर्चामा छ । यस रेस्टुरेन्ट आफ्नो विवादास्पद ‘क्लोदिङ अप्सनल’ नीतिका कारण चर्चामा तानिएको हो । बुन्याडी रेस्टुरेन्ट आगामी जूनबाट पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।
यस रेस्टुरेन्टमा कपडा लगाएर वा कपडा बिना नै पनि खाना खान पाइन्छ । यस रेस्टुरेन्टका संस्थापक सेव लायल भन्छ– ‘मानिसहरुले एक रात बिना कुनै केमिकल, विना कुनै क्रितिम रंग, बिना बत्ती, विना ग्यास, बिना फोन र उनीहरुले चाहेको खण्डमा बिना कपडा नै खान पाउनेछन् ।
हामीले त्यस्तो ठाउँ डिजाईन गर्दैछौ जहाँ नाङगै खान पाइयोस् । यो सेक्सनमा कर्मचारीहरु पनि नाङगै हुनेछन् । उनीहरुका शरिरका केही भागलाई भने अलग ढंगबाट ढाक्ने प्रयास गर्दैछौ ।’ यस रेस्टुरेण्टको अवधारणा आएसँगै रेस्टुरेन्टमा १५ हजारले अनलाईन बुकिङ गरिसकेका छन् ।
यहाँ पाइने सबै खाद्यान्न प्राकृतिक र अर्गानिक हुने बताइएको छ । रेस्टुरेन्टले हातले बनाएका सामानमा मात्रै खाना सप्लाई गर्नेछ । स रेस्टुरेन्टमा खानका लागि प्रतिव्यक्तीले ५५ देखि ६५ पाउन्ड खर्चनुपर्ने प्रारम्भिक अनुमान लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण