शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जासूसबाट बँच्न चीनका युवतीलाई चेतावनी

शनिबार, ११ वैशाख २०७३, १८ : २३
शनिबार, ११ वैशाख २०७३

चीन–चीनले आफ्नो राष्ट्रिय शैक्षिक सुरक्षा दिवसको दिन युवा महिला सरकारी कर्मचारीलाई विदेशीसँग डेटिङ नगर्न अनुरोध गर्दै पोस्ट तयार गर्ने भएको छ । सरकारी कर्मचारीहरु ह्यान्डसम विदेशीसँग प्रेममा रहदाँ देशका महत्वपूर्ण एजेन्डाहरु उनीहरुमार्फत विदेशी जासूसको हात लाग्ने भन्दै चीन सरकारले यस्तो चेतावनी दिएको हो ।

चीनले यस विषयमा १६ पृष्ठ लामो डेन्जरस लभ लेखिएको किताब सार्वजनिक गर्दैछ । यसको पोस्टरमा युवा चिनियाँ सरकारी युवती लिले एक डिनर पार्टीमा विदेशीसँग भेटेको र उनीसँग प्रेम सुरु गरेको कथा उल्लेख छ ।

उक्त यूवक डेभिडले आफू पढ्नका लागि चीन आएको बताएका हुन्छन् । तर उनी जासूस हुन्छन् । बेइजिङ जिल्ला सरकारले यस पोस्टरलाई आफ्नो देशका युवतीहरुलाई जागरुक बनाउनका लागि प्रयोग गर्ने विज्ञप्तीमा जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप