शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मेसुट ओजिल परेनन् उत्कृष्ट एघारमा

शनिबार, ११ वैशाख २०७३, १८ : २५
शनिबार, ११ वैशाख २०७३

आर्सनलका प्लेमेकर मेसुट ओजिल यस वर्षको इंलिस प्रिमियर लिगअन्तर्गत उत्कृष्ट एघार खेलाडीको मनोनयन बाहिरै रहे । पिएफएले आफ्नो उत्कृष्ट एघार सार्वजनिक गर्दा डिमीट्रि पायेट, एन गोलो कान्त, डेली अली र रियाद महरेजले मिडफिल्डमा स्थान पाए ।

तर, ओजिलले मिडफिल्डमा स्थान पाएनन् । उनी यसै वर्ष उत्कृष्ट मिडफिल्डरहरुको सूचिमा भने छन् । २७ वर्षका ओजिलले उत्तरी लण्डनमा निकै उत्कृष्ट खेलेका छन् । उनले आर्सनलका लागि प्रिमियर लिगमा १८ गोलका लागि पास मिलाईदिएका छन् ।

महरेज र क्रिष्ट्रियन इरिक्सनभन्दा यो संख्या ६ ले बढी हो । यसबाहेक उनले यस सिजन ६ गोल समेत गरेका छन् । आर्सनल अहिले प्रिमियर लिगमा तेस्रो स्थानमा छ । यसअघि आर्सनलका प्रशिक्षक आर्सेन विंगरले ओजिल यस वर्ष प्रिमियर लिगका उत्कृष्ट मिडफिल्डर रहेको बताएका थिए ।

उत्कृष्ट मिडफिल्डरको सूचिमा ओजिलले प्रतिस्पर्धा गरिरहेका अन्य खेलाडी उत्कृष्ट एघारभित्र पर्दा ओजिल उत्कृष्ट एघारभित्र नपर्नुले धेरैलाई आश्चर्यमा पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप