शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

देशको आर्थिक, सामाजिक रुपान्तरणको लागि नयाँ शक्ति आवश्यक

शनिबार, ११ वैशाख २०७३, १८ : ३०
शनिबार, ११ वैशाख २०७३

पोखरा–देशको आर्थिक सामाजिक रुपान्तरणको लागि नयाँ शक्ति आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नयाँ शक्ति नेपाल अन्तरिम प्रादेशिक परिषद् प्रदेश नं ४ द्धारा शनिवार पोखरामा आयोजित ११ औं लोकतन्त्र दिवसबारे छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

सो अवसरमा बोल्दै नेपाल सरकारका पूर्व–सचिव रामेश्वर खनालले देशमा राजनीतिक अतिवाद बढी भएको भन्दै अब नयाँ शक्तिको खाँचो महसुस गरिएको बताए ।

जहिले पनि राजनीतिक झगडाले देश बर्बाद भएको बताउँदै उनले देशलाई सम्वृद्ध बनाउन नयाँ शक्तिको खाँचो परेको टिप्पणी गरे । हामी नेपाली अरुलाई दोष थुपार्न सिपालु छौं, आफूले केही गर्दैनौं, अनि कसरी हुन्छ देशको उन्नति र प्रगति उनले भने ।

राजनीतिक विश्लेषक मुमाराम खनालले नयाँ शक्ति अभियान पूर्ववर्ती सरकारको नयाँ रुप नभई विल्कुलै नयाँ शक्ति भएको बताए । उनले विगतमा सशस्त्र द्धन्द्धमा होमिएका माओवादीदेखि अन्य पार्टीबाट आएका सबै खाले मानिसको समिश्रणवाट नयाँ शक्ति जन्मिएको बताउँदै यो समयको माग समेत भएको टिप्पणी गरे ।

कार्यक्रममा सहभागीहरुले नेपालमा जुन जोगी आएपनि कानै चिरेको भने जस्तै पार्टीहरु पनि उस्तै भएकोले तत्काल विश्वास गर्न नसकिने धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नयाँ शक्ति अभियानका अगुवा देवेन्द्र पराजुलीले अब देशमा नयाँ शक्तिले विल्कुल नयाँ काम गरेर जनताको विश्वास जित्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप