प्रहरी संगठन भरलाग्दो र डरलाग्दो बनाउन दण्ड अनि सजायको व्यवस्था
जाजरकोट– जिल्ला प्रहरी कार्यालय जाजरकोटले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई सजायको गरिएको बताएको छ । अधिकृत तथा जवानहरुलाई जिम्मेवार र उत्तरदायी बनाउन यस्तो कार्य गरिएको हो ।
नेपाल प्रहरीलाई नागरिक संगठनका रुपमा समुदायमा स्थापित गर्न र नागरिकहरुको जनधनको सुरक्षामा कर्तव्यनिष्ट बनाउनका लागि राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई सजाय गर्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस वर्षमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले राम्रो काम गर्ने १७ जना प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरीले बताएको छ । त्यसैगरी नराम्रो काम गरी चालचलनमा सुधार गर्न नसकेपछि ६ जना प्रहरी जवानहरुलाई सजायको लागि प्रहरी गुल्मी सुर्खेतमा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक हिक्मत बोहराले दिएको जानकारीअनुसार गत माघ १ गतेदेखि हालसम्म जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका २० वटा मुद्दा मध्ये १५ वटा मुद्दा फस्र्योट भइसकेका छन् भने, ५ वटा मुद्दा सुनुवाई हुन बाँकी रहेका छन् । उक्त मुद्दाका ३० जना अभियुक्तहरु मध्येबाट २ महिला र १६ पुरुष गरी जम्मा १८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने, एक महिला र ११ जना पुरुष गरी जम्मा १२ जना पक्राउ हुन बाँकी रहेका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका १६ वटा ठाडो निवेदनमा ९ वटा मिलापत्र भइसकेका छन् भने, ७ वटा मिलापत्र हुन बाँकी रहेका छन् ।
त्यसैगरी गत माघ १ गतेदेखि हालसम्म मादक पदार्थ सेवन गर्ने ३ जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्याललयमा सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लागुऔषध दुव्र्यसन, मानव वेचविखन रोकथाम तथा नियन्त्रण, सामाजिक अपराध रोकथाम तथा नियन्त्रण, सामाजिक कुरीतिका विषयमा नागरिक शिक्षाका लागि घरदैलो जस्ता कार्यक्रमहरु २५ वटा ठाउँमा सम्पन्न गरेको प्रहरीले जनाएको छ ।
गत माघ महिनादेखि हालसम्म जिल्लाबाट हराएका नागरिकहरुको संख्या १३ जना रहेको जिल्ला प्रहरी कार्यालयको रेकर्डमा राखिएको छ । जसमा ७ जनालाई प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिका अविभावकलाई बुझाईसकेको र ६ जना अझैँ फेला पार्न नसकेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयमा परेका उजुरीको संख्या ९ वटा रहेको बताइएको छ । त्यसैगरी जिल्लाका विभिन्न स्थानमा भएको आगलागी चट्याङ्ग, हावाहुरी जस्ता प्राकृतिक प्रकोपबाट क्षति पुगेकामा १४ वटा घर, ८ वटा गोठ, एक विद्यालय, एक स्वास्थ्य चौकी, २ जना घाईते र २ जना बेपत्ता, ११ पशुचौपायको मृत्यु र ७ घाइते भएको प्रहरी रिर्पोटमा उल्लेख गरिएको छ ।
एक सय ९० लिटर अवैध मदिरा, ७ सय २५ लिटर कच्चापदार्थ, ३० किलो औषधी र ५२ वटा सोफी नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीको भनाई छ । त्यसैगरी प्रहरी पोष्ट र प्रहरी चौकी स्थापनाका लागि रावतगाउँ र पोखरामा निःशुल्क जग्गा दान तथा प्राप्त गरिएको, विभिन्न समयमा प्रहरी जवान तथा अफिसरहरुलाई विभिन्न तालिम, प्रशिक्षण र योगाभ्यास गराएको, ट्राफिक प्रहरी सेवालगायत विभिन्न समयमा विभिन्न स्थानबाट लागुऔषध चरेससहित केही व्यक्तिलाई पक्राउ गरि मुद्दा चलाएको विषयमा प्रहरीले उपलव्धीका रुपमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण