जिल्ला स्तरीय भलिबलकोे उपाधि सशक्त युवा समूह आग्रालाई
मकवानपुर–‘खेलकुद विकासको निम्ति कालीदेविको प्रयास, डाँडाबाँस आन्तरिक पर्यटन विकासको अभ्यास’ भन्ने मुल नाराको साथ सञ्चालित जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि सशक्त यूवा समुह आग्राले जितेको छ । मकवानपुरको आग्रामा भएको फाइनलमा सशक्त यूवा समुह आग्राले कुण्डलदेवि सहकारी संस्थालाई ३–१ को सेटमा पराजित गर्दै सशक्त यूवा समुह आग्राले उपाधि हात पारेको हो ।
प्रतिस्पर्धात्मक खेलमा कुण्डलदेवि सहकारी संस्थालाई शसक्त यूवा समुह आग्राले १८ः२५, १२ः२५, २७ः२५, १७ः२५ को सेटमा जित हात पारेको हो ।
उपाधिसंगै सशक्त यूवा समुह आग्राले नगद ५० हजार ५ सय प्राप्त गर्यो भने उपबिजेता कुण्डलदेवि सहकारी संस्थाले ३० हजार ३ सय नगदसहित प्रमाण पत्र, मेडल र शिल्ड प्राप्त गरेको छ ।
प्रतियोगिता कालीदेवि यूवा समूहको आयोजना तथा कालीदेवि बहुउद्देशिय सहकारी संस्थाको समन्वयमा मंगलबारबाट मकवानपुरको आग्रामा सुरु भएको खेलमा तेस्रो स्थान प्राप्त गरेको बगेश्वरी युवा क्लबले २० हजार २ सय नगदसहित प्रमाण पत्र, मेडल र शिल्ड प्राप्त गर्न सफल भएको छ । कालीदेवि बहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष तथा कालिदेवि यूवा समूहको अध्यक्ष नेमराज थिङको सभाध्यक्षतमा भएको फाइनल कार्यक्रममा प्रतियोगितामा मकवानपुर जिल्ला भरीका ७ वटा टिमहरुकोबीचमा प्रतिस्पर्धा भएको हो । एकीकृत नेकपा माओवादीका नेता तथा गृहमन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आथित्यतामा समापन भएको प्रतियोगितामा आग्रा–६ का वेष्ट लिप्टर उत्सव खड्का, वेष्ट स्पाईकर कुण्डलदवि सहकारी संस्थाका खेलाडी जनक चौधरी, उत्कृष्ठ ब्लकर योगेश हमाल, र उदयमान खेलाडी बज्रबाराही युवा क्लबका बलराम सुवेदी घोषित भएका छन् ।
यसै अवसरमा मकवानपुर जिल्लाका विभिन्न क्षेत्रबाट योगदान गरिरहेका तथा चिनाउने प्रयास गरिरहेका व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले सम्मान प्रत्र प्रदान गर्दै उस्सुतर्फ रजग पदक विजेता हरि प्रसाद गोले, निर्वतमान खेल खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष बालकृण चौलागई, आग्रा खेलकुद विकास समितका संस्थापक अध्यक्ष कृष्ण थिङलाई सम्मान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण